News Portal

भागिरथ चापागाईंको परिवारलाई लुम्बिनी समाजद्धारा कुवेतमा संकलित रकम हस्तान्तरण

हिमाली संचार संवाददाता
६३९ पटक

कुवेत, २९ जुलाई : कुवेतमा लुम्बिनी समाज नेपालले अभियानबाट संकलन गरेको रकम आइतबार उनकी बृद्ध आमा नान्नीदेवी चापागाई र श्रीमती रजिता कुमारी शर्मालाई हस्तान्तरण गरीएको छ।

नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १२ का भागिरथ चापागाईको परिवारलाई समाजका तृतीय उपाध्यक्ष अनिल ठाकुर, सचिव सागर खड्का लगायत समाजका अन्य पदाधिकारीहरुले घरमै पुगेर सो रकम हस्तान्तरण गरेको महासचिव नेत्र प्रेमी मगरले जानकारी दिए।

अभियानबाट संकलित ३ हजार ६ सय ४२ दिनार ५०० फिल्स जम्मा रकम मध्ये भागिरथको मृत्युपछी उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकट ८९ दिनार, उनको शव नेपाल पठाउन ३ सय ५० दिनार र नेपालमा शवलाइ दाहसंस्कार गर्न २ सय ७७ दिनार ८१० फिल्स खर्च भएको समाजका कार्यबाहक अध्यक्ष रमेश नेपालीले जानकारी दिए।

बाँकी रहेको २ हजार ९ सय २५ दिनार ६९ फिल्स मृतक भागिरथकी आमा नान्नी देवी चापागाईको नाममा ५ लाख २९ हजार ९ सय ४१ रुपैया र श्रीमती रजिता कुमारी शर्माको नाममा ५ लाख २९ हजार ४ सय ६४ रुपैया पठाईएको समाजले जानकारी दिएको छ।

समाजले आइतबार एक बिज्ञप्ती जारी गरेर भागिरथको निधन प्रति दुख ब्यक्त गर्दै देश तथा विदेशबाट सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद समेत दिएको छ ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...