भागिरथ चापागाईंको परिवारलाई लुम्बिनी समाजद्धारा कुवेतमा संकलित रकम हस्तान्तरण

कुवेत, २९ जुलाई : कुवेतमा लुम्बिनी समाज नेपालले अभियानबाट संकलन गरेको रकम आइतबार उनकी बृद्ध आमा नान्नीदेवी चापागाई र श्रीमती रजिता कुमारी शर्मालाई हस्तान्तरण गरीएको छ।
नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर १२ का भागिरथ चापागाईको परिवारलाई समाजका तृतीय उपाध्यक्ष अनिल ठाकुर, सचिव सागर खड्का लगायत समाजका अन्य पदाधिकारीहरुले घरमै पुगेर सो रकम हस्तान्तरण गरेको महासचिव नेत्र प्रेमी मगरले जानकारी दिए।
अभियानबाट संकलित ३ हजार ६ सय ४२ दिनार ५०० फिल्स जम्मा रकम मध्ये भागिरथको मृत्युपछी उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकट ८९ दिनार, उनको शव नेपाल पठाउन ३ सय ५० दिनार र नेपालमा शवलाइ दाहसंस्कार गर्न २ सय ७७ दिनार ८१० फिल्स खर्च भएको समाजका कार्यबाहक अध्यक्ष रमेश नेपालीले जानकारी दिए।
बाँकी रहेको २ हजार ९ सय २५ दिनार ६९ फिल्स मृतक भागिरथकी आमा नान्नी देवी चापागाईको नाममा ५ लाख २९ हजार ९ सय ४१ रुपैया र श्रीमती रजिता कुमारी शर्माको नाममा ५ लाख २९ हजार ४ सय ६४ रुपैया पठाईएको समाजले जानकारी दिएको छ।
समाजले आइतबार एक बिज्ञप्ती जारी गरेर भागिरथको निधन प्रति दुख ब्यक्त गर्दै देश तथा विदेशबाट सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद समेत दिएको छ ।


















