News Portal

नेपाल मेडिकल काउन्सिलको परीक्षामा २४ प्रतिशत डाक्टर मात्रै उतीर्ण

हिमाली संचार संवाददाता
६२६ पटक

२७ साउन, काठमाडौं – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका छन् । ७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएका छन् ।

‘यो नजितालाई हेर्दा धेरे विद्यार्थी फेल भएको देखिएपनि वर्षभरीको नतिजालाई आधार मान्दा नेपालमा वाषिर्क ६० देखि ७० प्रतिशत विद्यार्थी पास भएकै देखिन्छ । जुन आफैमा नराम्रो नतिजा हैन ।’ नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने ।

यद्यपि, यस पटक सामेल भएका अधिकांश विद्यार्थी पुराना व्याचको -छ वर्ष अगाडि देखिएकोे) भएकोले पनि नतिजा राम्रो नआएको हुनसक्ने काउन्सिलले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलले मार्च, अगष्ट र डिसेम्बर गरी वर्षमा तीन पटक चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने गर्दछ । जसमध्य डिसेम्बरमा सबैभन्दा धेरै विद्यार्थीहरुले उक्त परीक्षामा सामेल हुने गर्दछ ।

‘यस पटक सामेल भएका विद्यार्थीमध्य करिब चार सयदेखि पाच सय विद्यार्थी पुराना व्याच (छ वर्ष अघिको) भएकोले पनि हुनसक्छ, यति कमजोर नतिजा आएको सम्भवत यो नै पहिलो हो । यद्यपि, यसकै भरमा पढाइको गुणस्तर नै घट्यो भनेर भन्न सकिने अवस्था भने छैन ।’ काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने ।

विशेषगरी, विद्यार्थीको संख्या, पढाइको स्तर तथा विद्यार्थीको क्षमताले पनि नतिजामा असर पार्ने हुँदा प्रतिशतका हिसाबले पनि यस पटकको नतिजा अहिलेसम्मकै कमजोर देखिएको उनले बताए ।

उनका अनुसार काउन्सिलले यस भन्दा अगाडि ०७४ साल मंसिर १६ गते लिएको परीक्षामाजम्मा ३९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए । जुन यसभन्दा अगाडिको सबैभन्दा कमजोर नतिजा हो ।

बिडीएसमा ५७ प्रतिशत उतीर्ण

यस्तै, काउन्सिलले शनिवार लिएको बीडीएस तर्फको परीक्षामा भने ५७.५ प्रतिशत विद्यार्थी पास भएका छन् ।

जम्मा १२७ जना परीक्षार्थी सामेल उक्त परीक्षामा ७३ जना (५७.४८प्रतिशत) जना पास भएको काउन्सिलले जनाएको छ ।

यो नतिजासँगै काउन्सिलले हिजो लिएको दुवै परीक्षामा पास हुनेको संख्या जम्मा २९ प्रतिशत रहेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...