News Portal

एनसीसी कुवेतको युवा संयाेजकमा तामाङको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा पुडासैनी, लामा र गिरीको कायमै

हिमाली संचार संवाददाता
८७२ पटक

कुवेत, २६ जुलाई : गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयुुक्त शिव कोइरालाद्वारा हस्ताक्षरित बिज्ञाप्तीमा जनाइएको छ।

एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिको लागि निर्वाचन समितिले गत २० जुलाइ २०१९ को दिन उम्मेदवारी दिने मिति घोषणा गरेकोमा युवा संयोजक पदको लागि बुद्धिमान तामाङ र नबराज पराजुलीको उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाइ उम्मेदवारी फिर्ता गर्न बिहीवार सम्मको समय दिएको थियो । यस बिचमा नेपाल र नेपालीकाे लागि कार्य गर्न पद नै चाहिन्छ भन्ने छैन, पद बाहिर रहेर पनि काम गर्न सकिन्छ भन्दै बुद्धिमान तामाङले उम्मेदवारी फिर्ता लिएपछि युवा संयाेजक पदका अर्का प्रत्यासी नबराज पराजुली अागामी कार्यकालका लागि युवा संयोजक पदका लागि सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा बर्तमान सचीव उमेश पुडासैनी, राणा ध्वज लामा र होम नाथ गिरीले उम्मेदवारी फिर्ता नलिएकाले भोटिङ हुने देखिन्छ भने आईसिसी सदस्य, अध्यक्ष, महासचिव र अन्य पदहरुमा सर्वसम्मत जस्तै नै उम्मेदवारी परेका छन। एनअारएनए एनसीसी कुवेतको छैटाै राष्ट्रिय महाधिवेशन अागामी २ अगष्ट २०१९ शुक्रबारका दिन कुवेतको मालियासिटीस्थित IN & GO Hotel मा हुँदैछ ।

(निर्वाचन समितिद्वारा जारी सूचना)

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...