News Portal

एनसीसी कुवेतको अध्यक्षमा केसीको उम्मेदवारी, महिला संयोजकमा रमिता योन्जन

नयाँ कार्यकाल २०१९-२०२१ को लागि ३२ जनाको उम्मेदवारी दर्ता

हिमाली संचार संवाददाता
८६१ पटक

कुवेत, २० जुलाई : एनआरएनए एनसीसी कुवेतको छैटौं महाधिवेशनमा नयाँ कार्यकालको विभिन्न पदको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । नयाँ कार्यकाल २०१९-२०२१ को लागि अन्तर्राष्टिय समन्वय परिषदको अध्यक्ष पदमा सुजन केसि तथा अन्तराष्टिय समन्यय परिषदको सदस्यमा पुनः अमित राइले उम्मेदवारी दिएका छन् ।

त्यसै गरि प्रथम उपाध्यक्ष पदमा हरि लावती, उपाध्यक्ष पदमा उमेश पुडासैनी, राणा ध्वज लामा र होमनाथ गिरीले उम्मेदवारी दिएका छन भने महिला उपाध्यक्ष पदमा अमृता बान्तवाले उम्मेदवारी दिएकी छन् ।

महासचिव पदको लागि मान बहादुर तामाड(दिल कुमार पाख्रिन) र सचिव २ पदको लागि जिबन कुमार बिक तथा माधव साहीले उम्मेदवारी दिएका छन् ।कोषाध्यक्षमा पुनः हर्क मोक्तानले उम्मेदवारी दिएका छन् भने सह कोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ ।

युवा संयोजक पदको लागि नबराज पराजुली र नबिन लोप्चनले उम्मेदवारी दिएका छन् भने युवा सह संयोजक पदको लागि कसैको पनि उम्मेदवारी परेको छैन। महिला संयोजक पदमा रमिता योन्जनको उम्मेदवारी परेको छ भने महिला सह संयोजक पदमा माया राईले उम्मेदवारी दिएकी छन् भने कार्य समितिको सदस्य पदमा १५ जनाले उम्मेदवारी दिएका छन् ।

कुवेतको Inn & Go कुवेत प्लाजा होटेलमा आयोजना गरिएको एनआरएनएको छैटौं रास्ट्रीय महाधिवेशन अगस्ट २ मा हुँदैछ। अनलाइन सदस्यता फारम भरेका ६३१ जनाले सो महाधिवेशनमा सहभागी हुन पाउने निर्वाचन आयुक्त शिव प्रसाद कोइरालाले बताए।

नयाँ कार्यकालको लागि निम्न ब्यक्तिहरुको उम्मेदवारी परेको छ :

आइसीसी सदस्य : अमित राई
अध्यक्ष : सुजन केसि
प्रथम उपाध्यक्ष : हरि लावती
महिला उपाध्यक्ष : अमृता बान्तवा
उपाध्यक्ष : उमेश पुडासैनी, राणा ध्वज लामा, होम नाथ गिरी
महासचिव : मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिव : जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्ष : हर्क बहादुर मोक्तान
सह-कोषाध्यक्ष : पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजक : नबराज पराजुली, नबिन लोप्चन
महिला संयोजक : रमिता योञ्जन
महिला सह-संयोजक : माया राई

सदस्यहरु :

बम बहादुर बिष्ट, दामोदर बटाला, देबी बहादुर सुनुवार, प्रकाश राई, माधव पौडेल, गीता गुरुङ, प्रदिप कार्की, मनोज ढकाल, दल बहादुर बस्नेत, सोनाम लामा, जिबन सुनार, अनुशा राई, ध्रुब कुमार कार्की, प्रेम प्रसाद गुरुङ, मोहन कुमार पौड्याल, गाेविन्द पाैडेल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...