News Portal

एनआरएनए कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धि सुचना सार्वजनिक

हिमाली संचार संवाददाता
५५८ पटक

कुवेत, १९ जुलाई : गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले बिहीवार एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि भोलि (शनिबार) दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उम्मेदवारी फारामकाे साथमा पेश गर्नुपर्ने कागजातका बारेमा सूचित गरेको छ ।

निर्वाचन आयुक्त शिब प्रसाद काेइरालाद्वारा हस्ताक्षरित सूचनामा जनाइए अनुसार उम्मेदवारी फारमको साथ कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी) र नेपाली राहदानीको प्रतिलिपि, विदेशमा कुनै ब्यावसाय गरेर बसेको भए सो ब्यावसायको दर्ता सम्बन्धी कागजात, हालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो र प्रस्तावक र समर्थकको कुवेत स्थित आवासीय भिसा कार्ड(सिभिल आइडी)को प्रतिलिपि पेश गर्नुपर्ने जनाएको छ ।

निर्वाचन समितिले यस अघि नै निर्वाचन अाचार संहिता, निर्वाचन कार्य तालिका र विभिन्न सूचना जारी गरि उम्मेदवारी दिन सक्ने योग्यता, स्थान, मिति, शुल्क लगायतका बारेमा पहिले नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित सूचना यस्तो छ :

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...