News Portal

एनआरएनए हङकङको अध्यक्षमा निरन्जन गुरुङको उम्मेदवारी

हिमाली संचार संवाददाता
५०९ पटक

हङकङ : एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका निरन्जन गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । इन्डिया क्लबमा जुलाई २८ मा हुने नेपाली संघ हङकङको सातौं अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन् ।

हाल उपाध्यक्ष गुरुङ हङकङमा रहेर आफ्नो व्यापार र व्यावसाय गर्नुको साथै, सन् २००५ देखि २०१९ सम्म निरन्तर गैर आवासीय नेपाली संघ हङकङमा आवद्ध भएर काम गर्दै आएका छन् । उक्त संस्थामा उनी सन् २०१५ देखि २०१७ सम्म महासचिव थिए भने सन् २०१७ देखि २०१९ सम्म अर्थात् हालसम्म वरिष्ठ उपाध्यक्षको पदभार सम्हालिरहेका छन् ।

उक्त उपाध्यक्ष पदमा रहेर काम गर्दै गर्दा उनी नेपाल भलिबल संघको भलिबल एम्बेसेडरको रुपमा विदेशी भूमिमा रहेर पनि नेपाल र हङकङबीच ३४ बर्षपछि मैत्रीपूर्ण भलिबल खेल खेलाउन सफल व्यक्तिको रुपमा परिचित छन् ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...