News Portal

कुवेतमा रुकुमपुर्वका जवारलालको मृत्यु, दुई साताभित्रमा ६ जना नेपालीले ज्यान गुमाए !

हिमाली संचार संवाददाता
६३१ पटक

कुवेत, १७ जुलाई : कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ। रूकुमपुर्व कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगर गत आइतबार १४ तारिख ओछ्यानमै मृत भेटिएको बुझिएको छ। मृतक जवारलाल रातीको काम सकेर कम्पनीको आवासगृहमा खाना खाएर सुतेका थिए। जवारलाल रोजगारीको सिलसिलामा कुवेतको हिस्को कम्पनीमा १५ महिना अघि मात्रै कुवेत आएका हुन् ।

यस घटनासंगै उच्च रक्तचाप, सवारी दुर्घटना र आगलागि दुर्घटना जस्ता विभिन्न कारणले कुवेतमा २ हप्ता भित्रमै ६ जना नेपाली कामदारहरुले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेहरुमा जुलाई ६ तारिखमा बागलुङ गल्कोटका तारा बहादुर बिकको उच्च रक्तचापबाट मृत्यु भएको थियो।

यसैगरी कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा गत शुक्रबार राती १० बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा सर्लाहीका २९ बर्षिय बिजय बैंठा, ठेगाना नखुलेकी अप्सरा कामी तथा गौरी दर्जिको मृत्यु भएको थियो भने बर्दघाट नगरपालिका-१२ नवलपरासीका भागिरथ चापागाईको आइतबार बिहान कुवेतको अलआदान अस्पतालमा निधन भएको थियो। उनि सडक दुर्घटनामा परी अढाई बर्षदेखि कुवेतको अलअदान अस्पतालमा उपचार गराइरहेका थिए।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...