News Portal

एनआरएनए कुवेतको पञ्जिकृत फारम शुल्क जुलाई १९ तारीख भित्र बुझाइसक्नु पर्ने

हिमाली संचार संवाददाता
५८९ पटक

कुवेत, १६ जुलाई : छैटौं राष्ट्रिय महाधिवेशनको लागि एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिख राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी नेपालिहरुलाई सूचित गरेको छ ।

निर्वाचन आयुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको हामी सबैमा सर्वविदितै छ ।

उक्त अधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले आचार संहिता तथा निर्वाचन कार्यतालिका समेत यस अघि नै प्रकाशित गरी यहि जुलाई महिनाको १९ तारिख राती १० बजेसम्म अनलाइनबाट पञ्जिकृत फाराम भर्न पाउने समय सिमा तोकेको छ ।

यसै वर्षबाट गैर आवासीय नेपाली संघले पञ्जिकृत सदस्यता फाराम अनलाइनबाट भर्नु पर्ने गरी कार्यन्वयनमा ल्याएकोले पञ्जिकृत सदस्यता फाराम पनि धमाधम भर्ने काम भइरहेको छ। यस क्रममा फाराम भर्दा अनलाइनबाट भर्नुपर्ने र फाराम शुल्क नगद बुझाउनु पर्ने भएकोले अधिकांश पञ्जिकृत सदस्यता फाराम भरेका दाजुभाइ तथा दिदीबहिनीहरुको नगद सम्बन्धित ब्यक्तिलाइ प्राप्त नभएकोले फारामको अन्तिम स्वीकृति हुन पाएको छैन ।

तसर्थ अनलाइनबाट पञ्जिकृत फाराम भर्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले जो जस मार्फत फाराम भर्नु भएको छ सोही ब्यक्ति मार्फत यहि जुलाई १९ तारिख राती १० बजे भित्र नगद बुझाउनु हुन अनुरोध गर्दै म्याद गुज्रेपछि पञ्जिकृत फाराम अस्वीकृत हुने ब्यहोरा यसै सूचना मार्फत सूचित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...