News Portal

तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार ३ जनवरीमा अतिथी कलाकारको साथ मनाउने

हिमाली संचार संवाददाता
४७८ पटक

कुवेत, १५ जुलाई : तमू प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने संघको अध्यक्ष उमा गुरुङले हिमालीसंचारलाई जानकारी दिनु भयो।

गत शुक्रबार सल्मियामा सस्थाका अध्यक्ष उमा गुरुङको निवासमा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर संघका सल्लाहकार लगायत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर दिदै आफ्नो हात फैल्यउदै आइरहेको तमु प्ये ल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। संघ ले गत सालहरुमा पनि नेपाल बाट अतिथि कलाकारहरु गयाक तिलक गुरुङ,गयिका इन्दिरा गुरुङ ल्याइ भब्य सागितिक कार्यक्रमको आयोजना गरी भरपुर मनोरंजन दिलाई सकेको छ।

आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदै आएको तमू प्ये ल्हु संघ कुवेतले “तमू ल्होसार”(चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भब्य र सब्य पर्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संघको कलाकार भाई बहिनी हरुको जोडदार प्रस्तुती रहने छ। भने यास पाली तमू ल्होसारमा अतिथी कलाकार को ल्याउने भन्ने बारेमा र कार्यक्रम कुन ठाँउ र काँहा गर्ने भन्ने बिषयमा टुंगो लागि नसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष उमा गुरुङले बताउनु भयो।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनुहुन आयोजकले अनुरोध समेत गरेको छ।

तपशिल :

कार्यक्रम : तमू ल्होसार
मिति : ३ जनवरी २०२० शुक्रबार
आयोजक : तमू प्ये ल्हु संघ कुवेत।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...