News Portal

अगस्ट ९ मा २५औं विश्व आदिवासी दिवस मनाउदै नेपाल आदिवासी जनजाति महासंघ कुवेत

हिमाली संचार संवाददाता
७२७ पटक

कुवेत, १३ जुलाई : नेपाल आदिवासी जनजाति महासंघ कुवेतले आउदो ९ अगष्ट शुक्रबारका दिन आयोजना गरीएको २५औं विश्व आदिवासी दिवस मनाउने तयारी तीब्र रूपमा भइरहेको संघका महासचिव मन्जित राईले हिमालीसंचारलाई जानकारी दिए।

शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङको अध्यक्षतामा एवं  संस्थापक संरक्षक अमित चाम्लिङ राई, सल्लाहकार मनु भुजेल लगाएतका विशिष्ट पदाधिकारीहरु र कार्य समितिका पदाधिकारीहरुको उपस्थितिमा फर्वानियामा बसेको बैठकले कार्यक्रमको लागि कार्य बिभाजन गर्दै तद्रुताका साथ तयारीमा लागेको बताएका छन्।

परदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृतिलाई जगेर्णा गर्दै स्थापनाकाल देखिनै नेपाल आदिवासी जनजाति महासंघ कुवेतले प्रत्येक बर्ष विविध जातीय पहिचान झल्किने झाँकी सहितका कार्यक्रम गर्दै आईरहेकोमा यस बर्ष पनि निरन्तता दिदै आउदो ९ अगस्ट २०१९ मा मनाउने तयारी गरेको हो ।

“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् ।

कार्यक्रममा कुवेतका जातीय संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु संस्थामा आवद्ध कलाकारहरुले दिने बताएका छन्।

कार्यक्रममा सबै जातीय संस्थाहरुलाई आफ्नो भेषभुषामा उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जातीय संस्थाहरुलाई अनुरोध गरेको छ साथै कुवेतमा क्रियाशील संघसंस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई भव्यरुपमा सफल बनाइदिनु हुन आयोजकले आग्रह समेत गरेको छ।

          तपशिल :

मिति : अगष्ट ९ तारीख शुक्रबार २०१९
समय : दिउँसो ठिक १२ बजे
स्थान : युनिक अडिटोरियम हल फर्वानिया, कुवेत
आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...