News Portal

अगस्ट ९ मा २५औं विश्व आदिवासी दिवस मनाउदै नेपाल आदिवासी जनजाति महासंघ कुवेत

हिमाली संचार संवाददाता
६७० पटक

कुवेत, १३ जुलाई : नेपाल आदिवासी जनजाति महासंघ कुवेतले आउदो ९ अगष्ट शुक्रबारका दिन आयोजना गरीएको २५औं विश्व आदिवासी दिवस मनाउने तयारी तीब्र रूपमा भइरहेको संघका महासचिव मन्जित राईले हिमालीसंचारलाई जानकारी दिए।

शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङको अध्यक्षतामा एवं  संस्थापक संरक्षक अमित चाम्लिङ राई, सल्लाहकार मनु भुजेल लगाएतका विशिष्ट पदाधिकारीहरु र कार्य समितिका पदाधिकारीहरुको उपस्थितिमा फर्वानियामा बसेको बैठकले कार्यक्रमको लागि कार्य बिभाजन गर्दै तद्रुताका साथ तयारीमा लागेको बताएका छन्।

परदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृतिलाई जगेर्णा गर्दै स्थापनाकाल देखिनै नेपाल आदिवासी जनजाति महासंघ कुवेतले प्रत्येक बर्ष विविध जातीय पहिचान झल्किने झाँकी सहितका कार्यक्रम गर्दै आईरहेकोमा यस बर्ष पनि निरन्तता दिदै आउदो ९ अगस्ट २०१९ मा मनाउने तयारी गरेको हो ।

“विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्” भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले यो दिवस प्रत्येक वर्ष भव्यताका मनाउदै आइरहेका छन् ।

कार्यक्रममा कुवेतका जातीय संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरु संस्थामा आवद्ध कलाकारहरुले दिने बताएका छन्।

कार्यक्रममा सबै जातीय संस्थाहरुलाई आफ्नो भेषभुषामा उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जातीय संस्थाहरुलाई अनुरोध गरेको छ साथै कुवेतमा क्रियाशील संघसंस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाई भव्यरुपमा सफल बनाइदिनु हुन आयोजकले आग्रह समेत गरेको छ।

          तपशिल :

मिति : अगष्ट ९ तारीख शुक्रबार २०१९
समय : दिउँसो ठिक १२ बजे
स्थान : युनिक अडिटोरियम हल फर्वानिया, कुवेत
आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...