कुवेत, ८ जुलाई : वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनी वासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ मा गर्न लागेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिए।
कार्यक्रम हुने स्थानको लागि हलको खोजीमा रहेको र हलको टुंगो चाडै नै लगाएर जानकारी दिइने समाजले बताएको छ।
आफ्नो स्थापनाकाल देखी नै बिभिन्न सामाजिक क्रियाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल कुवेतले क्रियाशील संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने विभिन्न अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याएसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनुहुने लुम्बिनीवासीहरु लगायत कुवेतमा क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सम्पुर्णलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
तपशिल :
मिति : १६ अगस्ट २०१९
समय : बिहान ११ बजे
आयोजक : लुम्बिनी समाज नेपाल कुवेत।