News Portal

  • डिप वोरिङ संन्चालनमा नआउदा अाकासे पानीको भरमा कृषकहरु

    हिमाली संचार संवाददाता
    ४५४ पटक

    रबिन्द्र बराल
    मोरङ, २३ असार : मोरङको सुुनवर्सी नगरपालिका–५ बनकाेलमा निर्माण गरिएको डिप वोरिङ संचालन हुन नसक्दा त्यस भेगका कृषक हरु मार्कामा परेका छन । दुुइवर्ष अघि मोरङ क्षेत्र नम्बर ५ का सभासद शिवकुुमार मण्डलको सांसदकोषको ३५ लाख रुपैयाको लागतमा ३ बर्ष अगाडि निर्माण सम्पन्न भएता पनि हालसम्म संन्चालनमा नआउदा सो क्षेत्रका कृषकहरु अाकासे पानीको भरमा खेतीपाती गर्ने बाध्य छन ।

    उक्त डिप वोरिङकाे पानीले रंगेली नगरपालिका र सुनवर्सि नगरपालिका भित्रका अासपासमा रहेको
    दुुईसय बिघा भन्दा वढि जग्गामा सिचाइ गर्ने सहज हुने भएता पनि समयमै संन्चालनमा नअाउदा समस्यामा परेको कृषक राजकुुमार राजवंशीले बताए।

    रंगेलीमा राष्ट्रिय प्रसारण लाइन पुुगेको भएता पनि साे ठाउँमा भने एउटा ट्रान्सफरमर जडान गर्न नसक्दा उक्त डिप वोरिङ उपयोगी हुन नसक्दा आयोजना दुुईवर्षदेखी अलपत्र परेको कृषकहरु बताउँछन् ।

    रंगेली बिधुत प्राधिकरणमा बारम्बार डेलिकेसन जाँदा पनि विद्युुत प्राधिकरणले वेवास्ता गरेपछि उक्त डिप वोरिङमा गरेको लगानी वालुुवामा पानी हाले जस्तो भएको कृषकहरु बताउँछन्। वोरिङ संचालनका लागी ११ हजार केवीको लाइन पुुर्‍याएर दुुईसय केविको ट्रान्सफरमर जडान गर्नुुपर्ने हुन्छ।

    वोरिङ संचालनमा नआएपछि स्थानियहरुले वोरिङ निमार्ण गरिएको संरचनामा दाउरा राख्नेे थालेकाे रुपमा प्रयाेग हुुुदै अाएकाे छ। स्थानीय कृषक जोगिन्दर ऋषिदेवले भने वर्षा नभइरहेको र अहिलेको अवस्थमा वोरिङ संचालनमा आएको भए निकै सहज हुुने उनलेे बताए। लामो समयपछि आएको आयोजनाको काम सम्मपन्न हुुदा खेतवारीमा सहज रुपमासिचाई हुुने आश भएपनि त्यो भने अहिले पुुरा नभएको किसानहरुको गुुनासो छ।

    अाकासे भरमा खेेेती गर्ने कृषकहरुलाई माेटरबाट सिचाइ गर्दा बिधुतकाे भाेल्टेज समेत समस्या भएको कारण थप समस्यामा परेको कृषकहरुकाे गुनासाे रहेको छ। वोरिङ संचालनका लागी १५ हर्ष पावरको मटर समेत जडान भएता पनि बिधुत अापुर्ति नहुदा आफुहरु समस्यामा परेको कृषकहरु बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...