News Portal

डिप वोरिङ संन्चालनमा नआउदा अाकासे पानीको भरमा कृषकहरु

हिमाली संचार संवाददाता
५७७ पटक

रबिन्द्र बराल
मोरङ, २३ असार : मोरङको सुुनवर्सी नगरपालिका–५ बनकाेलमा निर्माण गरिएको डिप वोरिङ संचालन हुन नसक्दा त्यस भेगका कृषक हरु मार्कामा परेका छन । दुुइवर्ष अघि मोरङ क्षेत्र नम्बर ५ का सभासद शिवकुुमार मण्डलको सांसदकोषको ३५ लाख रुपैयाको लागतमा ३ बर्ष अगाडि निर्माण सम्पन्न भएता पनि हालसम्म संन्चालनमा नआउदा सो क्षेत्रका कृषकहरु अाकासे पानीको भरमा खेतीपाती गर्ने बाध्य छन ।

उक्त डिप वोरिङकाे पानीले रंगेली नगरपालिका र सुनवर्सि नगरपालिका भित्रका अासपासमा रहेको
दुुईसय बिघा भन्दा वढि जग्गामा सिचाइ गर्ने सहज हुने भएता पनि समयमै संन्चालनमा नअाउदा समस्यामा परेको कृषक राजकुुमार राजवंशीले बताए।

रंगेलीमा राष्ट्रिय प्रसारण लाइन पुुगेको भएता पनि साे ठाउँमा भने एउटा ट्रान्सफरमर जडान गर्न नसक्दा उक्त डिप वोरिङ उपयोगी हुन नसक्दा आयोजना दुुईवर्षदेखी अलपत्र परेको कृषकहरु बताउँछन् ।

रंगेली बिधुत प्राधिकरणमा बारम्बार डेलिकेसन जाँदा पनि विद्युुत प्राधिकरणले वेवास्ता गरेपछि उक्त डिप वोरिङमा गरेको लगानी वालुुवामा पानी हाले जस्तो भएको कृषकहरु बताउँछन्। वोरिङ संचालनका लागी ११ हजार केवीको लाइन पुुर्‍याएर दुुईसय केविको ट्रान्सफरमर जडान गर्नुुपर्ने हुन्छ।

वोरिङ संचालनमा नआएपछि स्थानियहरुले वोरिङ निमार्ण गरिएको संरचनामा दाउरा राख्नेे थालेकाे रुपमा प्रयाेग हुुुदै अाएकाे छ। स्थानीय कृषक जोगिन्दर ऋषिदेवले भने वर्षा नभइरहेको र अहिलेको अवस्थमा वोरिङ संचालनमा आएको भए निकै सहज हुुने उनलेे बताए। लामो समयपछि आएको आयोजनाको काम सम्मपन्न हुुदा खेतवारीमा सहज रुपमासिचाई हुुने आश भएपनि त्यो भने अहिले पुुरा नभएको किसानहरुको गुुनासो छ।

अाकासे भरमा खेेेती गर्ने कृषकहरुलाई माेटरबाट सिचाइ गर्दा बिधुतकाे भाेल्टेज समेत समस्या भएको कारण थप समस्यामा परेको कृषकहरुकाे गुनासाे रहेको छ। वोरिङ संचालनका लागी १५ हर्ष पावरको मटर समेत जडान भएता पनि बिधुत अापुर्ति नहुदा आफुहरु समस्यामा परेको कृषकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...