News Portal

कुवेतमा फेरी अर्का एक नेपाली कामदारको मृत्यु

हिमाली संचार संवाददाता
७५७ पटक

कुवेत : कुुुुवेतमा  एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिकको हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि देखि उच्च रक्तचापको कारण उपचारार्थ फरवानिया अस्पतालमा भर्ना भइ उपचाररत रहेका थिए ।

मृतक तारा बहादुरलाई ब्लड प्रेसरले टाउकोमा असर पारेको उपचार संलग्न डाक्टरले बताएका छन् । सन् २००८ मा कुवेत आएका तारा बहादुर हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएका थिए ।
घटना बारे कुवेत स्थित नेपाली दुतावासलाई जानकारी गराइ सकिएको र दुतावासले मृतकको बारेमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर क्षतिपूर्तिसहित शवलाई छिटोभन्दा छिटो नेपाल पठाउन पहल गर्ने आश्वासन दिएको छ । मृतक तारा बहादुरको घरमा वृद्ध बाबुआमा, श्रीमती र दुई छोरा रहेको छन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...