News Portal

कुवेतमा फेरी अर्का एक नेपाली कामदारको मृत्यु

हिमाली संचार संवाददाता
७१७ पटक

कुवेत : कुुुुवेतमा  एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिकको हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि देखि उच्च रक्तचापको कारण उपचारार्थ फरवानिया अस्पतालमा भर्ना भइ उपचाररत रहेका थिए ।

मृतक तारा बहादुरलाई ब्लड प्रेसरले टाउकोमा असर पारेको उपचार संलग्न डाक्टरले बताएका छन् । सन् २००८ मा कुवेत आएका तारा बहादुर हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएका थिए ।
घटना बारे कुवेत स्थित नेपाली दुतावासलाई जानकारी गराइ सकिएको र दुतावासले मृतकको बारेमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर क्षतिपूर्तिसहित शवलाई छिटोभन्दा छिटो नेपाल पठाउन पहल गर्ने आश्वासन दिएको छ । मृतक तारा बहादुरको घरमा वृद्ध बाबुआमा, श्रीमती र दुई छोरा रहेको छन् ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...