News Portal

घरेलु कामदारको श्रम स्वीकृतिको माग राख्दै दुतावास कुवेतमा ज्ञापनपत्र

हिमाली संचार संवाददाता
४९८ पटक

कुवेत, ३ जुलाई : श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि श्रम स्वीकृतिको फुकुवा गरेर पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा गठित संघर्ष समितिको संयोजक हरि कंडेलको अगुवाइमा जुलाई २ तारिख २०१९ मा कुवेतको नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ।

कुवेतका राजदुत महामहिम दुर्गा प्रसाद भण्डारी र मिनिस्टर अफ काउस्न्सिलर प्रकाशमणी पौडेलको उपस्थितिमा संघर्ष समितिको संयोजक हरि कंडेल लगायत समितिका पदाधिकारी र सदस्यहरुद्वारा हस्तक्षरीत ज्ञापनपत्र श्रम सहचारी ज्ञानेन्द्र शर्माको हातमा बुझाएको जागृती युवा समाज कुवेतको अध्यक्ष टिकाराम आचार्यले जानकारी दिए।

खाडी मुलुक मध्ये कुवेतमा पनि ठुलो संख्यामा काम गर्दै आएको घरेलु कामदारहरुको लागि यो पेशा असुरक्षित रहेको ठहर गर्दै नेपाल सरकारले सन् २०१४ देखि घरेलु कामदार पठाउन पूर्ण रुपमा रोक लगाएको छ।

सरकारले घरेलु कामदारको लागि श्रम स्वीकृति दिनमा रोक लगाएसंगै घरेलु कामदारको रुपमा काम गर्दै आएका कामदारहरुलाइ छुट्टीमा घर गएर पुनः कामको लागि कुवेत आउन समस्यामा परेकोले नयाँ भिषामा आउनलाई बन्द गरेता पनि पुराना घरेलु कामदारहरुलाइ श्रम स्वीकृति दिएर काम गर्न सहजीकरण गराउनको लागि ज्ञापनपत्र बुझाएको आचार्यले बताए।

यस्तो छ ज्ञापनपत्र :

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...