News Portal

छैटौ रक्तदान कार्यक्रमको तयारी पुरा, रक्तदान कार्यक्रम जान आउनको लागि यातायातको नि:शुल्क सुबिधा

हिमाली संचार संवाददाता
५१४ पटक

कुबेत :  रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा तयारी पुरा भएको जानकारी समाजको अध्यक्ष राजु गुरुङले जानकारी दिए।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ।

छैटौ रक्तदान कार्यक्रम स्थल सम्मा आउन जानको लागि समाजले कुबेतको बिभिन्न ठाँउहरुबाट यातायातको नि:शुल्क सुबिधा गरेको छ। जस्तै ११ बजे KFC बस स्टप फाहाहिल ११:१५ बजे सुल्तान सेन्टर बस स्टप मङाफ ११ :३० फ्राइडे होटेल बस स्टप महाबुल्ला ११:४०लण्डन ब्रीज बस स्टप फेन्तास हुँदै सबसालिम हुँदै कार्यक्रम स्थल सम्म यातायातको लागि किरण गुरुङ लाई संम्पर्क गर्नु होला संम्पर्क गर्नु होला संम्पर्क न:६७७१३६७४ र जिलिब, फर्वानिया,खैतानको लागि भिम गुरुङलाई सम्पर्क गर्नु होला, ११ बजे जिलिबको मखबर बस स्टप,११ :२० बजे फर्वानियाको अल्घानिम अगाडि को बस स्टप,११ :३० बजे खैतन को मेनरोड ब्रीज बस स्टप हुँदै कार्यक्रम स्थल सम्मका लागि भिम गुरुङलाई  संम्पर्क न:५५८११२३५ सम्पर्क गर्नु होला।

छैटौ रक्तदान कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।

मिति : ५ जुलाइे २०१९ शुक्रबार
समय : दिनको ठिक ०१.०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...