News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • संसारका टपटेन अरबपतिहरु कहाँ बस्छन् ?

    ६३३ पटक

    यदि तपाइँसँग ५० करोड डलर भन्दा धेरै पैसा भयो भने तपाइँ कहाँ बस्नुहुन्थ्यो ? धेरैले पक्कै आफ्नो सपनाको संसार रोज्छन् ।

    यहीँ प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेको थियो नाइट फ्रेन्क एलएलपी एजेन्सीले सन् २००९ देखि । यो रियल स्टेट तथा कन्सल्टेन्सी कम्पनीको स्थापना सन् १८९६ मा बेलायतमा भएको हो ।

    यो एजेन्सीको रिपोर्ट अनुसार ५० करोड डलरको सम्पत्ति भएका धेरै मानिसहरु उत्तर अमेरिकी महादेशमा बस्दछन् । र, त्यसमा पनि सबैभन्दा धेरै अमेरिका र क्यानडामा । अर्थात् अमेरिका र क्यानडामा ५० करोड डलर भन्दा धेरै सम्पत्ति भएका विश्वका ३१.८ प्रतिशत मानिस बस्दछन् ।

    त्यसपछि एसिया रहेको छ । एसियामा ५० करोड डलर भन्दा धेरै सम्पत्ति भएका विश्वका कूल मानिसहरुमध्ये २८.१ प्रतिशत मानिस रहेका छन् भने तेश्रो स्थानमा २५.४ प्रतिशत सहित युरोप रहेको छ ।

    बाँकी १५ प्रतिशतमा मध्य एसिया, अष्ट्रेलिया, रुस, राष्ट्रमण्डलबाट स्वतन्त्र भएका देश -सिआइएस), ल्याटिन अमेरिका र अफ्रिकामा बस्दछन् ।

    रिपोर्ट तयारीका लागि एजेन्सीले वेल्थ एक्स नामक एक अन्तराष्ट्रिय डाटा कम्पनीसँग जानकारी लिएकेा थियो । यो डाटा कम्पनीले विभिन्न लक्जरी ब्राण्ड, एनजिओ र शिक्षण कम्पनीहरुसँग काम गर्दछ ।

    यसका अलवा रिपोर्टका लागि विश्वका ५ सय ठूला बैंकमाथि भएको सर्भेबाट संकलित डाटा पनि प्रयोग गरिएको छ । यी ५ सय बैंकले विश्वका ५० हजार मानिससँग काम गर्दछन्, जसको कूल सम्पत्ति ३ अर्ब डलर रहेको छ ।

    टपटेन अर्बपतिहरुको देश

    रिपोर्ट अनुसार धेरै अर्बपतिहरु बस्ने देशहरुमा अमेरिका, चीन, जर्मनी, जापान, हंगकंग, क्यानडा, स्विजरल्याण्ड, प|mान्स, रुस, सिआइएस मुलुकहरु र बेलायत आउँदछ ।

    यद्यपि अमेरिका र दोश्रो स्थानको चीनमा बस्ने अर्बपतिहरुको संख्यामा निकै अन्तर छ । अमेरिकामा चीनको तुलनामा १३ सय ४० बढि अर्बपति बस्द्यछन् । अमेरिकामा अर्बपतिको संख्या १८३० जना रहेको छ ।

    सूचिमा भारत ११ औँ स्थानमा रहेको छ । भारतमा २ सय जना अर्बपति बस्दछन् ।

    सन् २०१६ तथा २०१७ को बीचमा अर्बप्तिको संख्यामा सबैभन्दा धेरै हंगकंगमा बढोत्तरी भएकेा छ । यो बीचमा हंगकंगमा अबृप्तिको संंख्या २३ प्रतिशतले बढ्यो । उता बेलायतमा भने अर्बपतिको संख्या ४ प्रतिशतले घट्ो ।

    अर्बपतिका कतिवटा घर ?

    रिपोर्ट अनुसार ५० करोड डलर भन्दा धेरै सम्पत्ति हुने धनाढ्यहरुका कम्तिमा पनि ३ वटा घर हुने गरेका छन् । जसमा आफ्नो आवास रहेको आलिशान बंगला पनि सामेल हुन्छ । सबैभन्दा धेरै घर हुने अर्बपति मध्य एसियाका हुने गरेका छन् भने अफ्रिकी अर्बपतिहरुका घर कम पाइएका छन् ।

    यस्तै अर्बपतिहरुसँग दुई देशको नागरिकता हुनु पनि सामान्य पाइएको छ ।

    रिपोर्ट अनुसार रुसमा ५८ प्रतिशत बैंक ग्राहकसँग दोहोरो पासपोट हुने गरेको छ । यस्तो संख्या एसियालीमा ३९ प्रतिशत र ल्याटिन अमेरिकीमा ४१ प्रतिशत रहेको छ ।

    नाइट प|mेन्क एलएलपीको रिपोर्ट अनुसार विश्वमा १ अर्ब डलर भन्दा धेरै सम्पत्ति हुने मानिसको संख्या २२ सय ८ जना रहेको छ । यो सूचि फोब्र्सको अर्बपतिको सूचिमा पनि उहीँ छ ।
    बीबीसीबाट

    प्रतिकृया दिनुहोस्

    पहिले साइकलबाट लडाएर खुट्टा भाँचिदिएका काकालाई यसपटक ढुंगा प्रहार गरी हत्या

    दाङ, चैत्र २५ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ गुनापुरमा आइतबार राति एक वृद्धको रहस्यमय मृत्युको...

    रास्वपाले सभापति लामिछानेको गिरफ्तारीमाथि आपत्ति जनाउँदै मानवअधिकार आयोग जाने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा...

    सुनको मूल्यमा लगातार गिरावट, चाँदीको भाउमा वृद्धि

    नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। गत शुक्रबारदेखि घट्न थालेको सुनको...

    राप्रपाको विरोध प्रदर्शन बल्खुमा हुने, प्रशासनको निषेधपछि विकल्प रोजियो

    काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा...

    रवि लामिछाने प्रकरण : थुनामा पठाउन उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा

    बुटवल, चैत्र २५ – सुप्रिम बचत तथा सहकारी संस्था घोटाला प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र...