आज : २०२६-०६-१०, बुधबार

मृगौला पिडित हेमन्तलाई दर्शन ठकुरी समाज कुवेतद्वारा आर्थिक सहयोग

कुवेत, १ जुलाई : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका मृगौला पिडित हेमन्त सिंह ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले आर्थिक सहयोग गरेको छ। समाजका सदस्यहरुद्वारा संकलित २२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको समाजका उपाध्यक्ष माधव शाहीले हिमालीसंचारलाई जानकारी दिए।

समाजकि सदस्य कविता शाहीको उपस्थितिमा गत आइतबार अस्पतालमै पुगेर पीडित सिंहलाई उक्त सहयोग रकम हस्तान्तरण गरीएको उपाध्यक्ष शाहीले बताए ।

आर्थिक अवस्था कमजोर भएका हेमन्त गत फाल्गुन महिनादेखि ओछ्यानमै थला परेको समाचार हिमालीसंचार लगायत विभिन्न अनलाईन मिडिया मार्फत प्रकाशित भएपछी उनको उपचारको लागी आर्थिक सहयोग गरेको समाजले बताएको छ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/06/13901

२८ वर्षीय हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका र उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन । उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। अहिले उनको हेरचाह दिदी सुमित्रा सिंह ठकुरीले गरीरहेकि छन।

कुवेतको क्रियाशिल सामाजिक सँस्था दर्शन ठकुरी समाजले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपालीलाई सक्दो सहयोग गर्दै आएको छ ।