News Portal

सुदुरपश्चिमेली समाज कुवेतद्वारा बाजुराका मृगौला पिडित बोहोरालाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५०७ पटक

कुबेत : सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा मृगौला पिडित धन ब. बोहरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ। बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घरबाट बिदेश जानको लागि काठमण्डौ आएका बोहोरा एकाएक बिमारी भएपछि अस्पतालमा भर्ना भएका थिए ।

विभिन्न शारिरिक चेकजाच पछि दुवै मृगौला फेल भएको रिपोर्ट आएपछि वीर अस्पतालको एक सय ५९ नम्बर वेडमा भर्ना भएका बोहोराको दुवै मृर्गौला फेर्नुपर्ने सुझाव दिएपनि आर्थिक अभावका कारण नै उनी जीवनमरणको दोशादमा रहेका छन्।

उनका भाई नरेन्द्रले दुई महिना अघि विर अस्पतालमा भर्ना गरेदेखि २ लाख बढि रकम खर्च भएपनि बाँकी रकम नहुदा समस्या भएको बताए। तर आर्थिक अभावले उपचारमा समस्या भएकाले सबैसंग सहयोगको अपिल गरिएका छन।

सहयोगको लागि विभिन्न मिडिया र समाजिक संञ्जालमा अपिल गरेको थाहा पाएपछि सुदुरपस्चिमेली नेपाली बासीको एकता र समृद्ध सुप समाजको परिकल्पनाका अभियन्ता”कर्मठ “इमान्दार “युवा समाज सेवी भिम रावतको नेतृत्वमा संस्थाको आन्तरिक रुपमा उक्त रकम संकलन गरि सहयोग गरिएको महासचिब मान ब.बलायरले जानकारी दिनुभएको छ।

महासचिब बलायरले भन्नु भयो मृगौला पिडित धन ब.बोहोरा बरिष्ठ-उपाध्यक्ष भिम रावतले संस्थाको आन्तरिक ग्रुपमा जानकारी गराउनु भयो। महासचिब भन्नु हुन्छ ” बरिष्ठ-उपध्यक्ष रावतले कुनै पनि कार्य गर्दा उहाँ आफैबाट शुरुवात गर्नु हुन्छ । उक्त रकम मध्य बरिष्ठ-उपध्यक्ष रावतले स्वयम् १० हजार नेपाली सहयोग बोल्नु भएको थियो भने बाकि संकलित रकम संस्थाका पदाधिकारीबाट संकलन गरि आज संस्थाका अध्यक्ष अमर खड्का र बरिष्ठ उपाध्यक्ष रावतको परिवारद्वारा हस्तान्तरण गरिएको हो।

उक्त रकम सहयोग गरि सकेपछि पिडित धन ब.बोहोरा र भाइ इन्द्र बोहोराले सहयोगी संस्था र सबै सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापना काल देखि विभिन्न मानवि र सामाजिक कार्यमा गर्दै आएको छ। यस संस्थामा आबद्व हुन कुवेतवासी सुदुरपश्चिमेलीहरुलाई अनुरोध गर्दछौ। महासचिब बलायरले जानकारि दिनु भए अनुसार आगामि सेप्टेम्बर २० तारिख शुक्रबारका दिन नेपालबाट कलाकार नेपाल आइडल सिजन टु का रवि ओड मोडल तथा पप गायक चक्र बम को बेजोड प्रस्तुतिका साथ सुदुर सांगितिक धमाका २०१९ सभ्य र भब्यताका सम्पन्न गर्नु पर्ने भएकाले तयारी भइरहेको संरक्षक बिकास सिंहले जानकारी गराउनु भएको छ।

साथै यस कार्यक्रमलाई सफल पार्न कुवेतवासी नेपालीहरु संघसंस्था, पत्रकार, खेलाडी, नेपाली दुतावस लगायत सबै कुवेतवासी नेपालीहरुमा उक्त दिन गरिमामय उपस्थितिको लागि अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...