News Portal

वाइफाइ कमजोर छ ? अपनाउनुस् यो घरेलु उपाय

६७० पटक

बीबीसी – घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् ।

अमेरिकाको डार्टमाउथ विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राउटर एन्टेनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले नेटवर्कमा सम्भावित दखल पनि कम हुने र यसले इन्टरनेट कनेक्सनको सुरक्षालाई पनि बढाउँदछ ।

कसरी ?

राउटरको एन्टेना सबै दिशाका लागि हुन्छ, अर्थात् सिग्नल सबैतर्फ फिजिन्छ । तर आल्मुनियम फोइल लगाउनाले तरंगले एक दिशामा काम गर्न थाल्छ ।

डार्टमाउथका इन्जिनियरका अनुसार यसले कुनै भवनभित्र वायरलेस संरचनाको क्षमता बढाउँदछ । किनकी भवनको इन्टेरियर डिजाइन, विभाजन तथा अन्य रोकावटको प्रभाव कम गर्दछ ।

आल्मुनियमको पाता यसरी लगाउनु पर्दछ की त्यसले भित्ता तथा अरु कोठातर्फ  छेकेर तरंगलाई आफुले चाहेको कोठा वा दिशातर्फ निर्देशित गरोस् ।

केही क्षेत्रमा तरंग रोक्नाले केही फाइदा पनि हुनछन् । जस्तै काँचका झ्याल लगायतका चिजमा तरंग ठोक्किएर परावर्तन हुने र त्यसले इन्टरनेट कनेक्सनलाई प्रभाव पार्ने जोखिम पनि कम हुनछ ।

इन्टरनेट सुरक्षा

इन्टरनेट तरंगलाई यसरी दिशा प्रदान गर्दा विभिन्न अवरोधमा कमी त आउँछ नै यसले वाइफाइको सुरक्षामा पनि वृद्धि गर्दछ ।

किनकी आल्मुनियम फोइलले वाइफाइ ह्याक गर्ने प्रयत्नमा रहेकाहरुसम्म वा साइबल हमलाकारीसम्म तपाइँको वाइफाइको सिग्नल पुग्न दिँदैन ।

शोधकर्ताहरुले वाइफाइ तरंगलाई आफुले चाहेको ठाउँमा निर्देशित गर्नका लागि आल्मुनियम फोइलको थ्री डी प्रिन्टेड मोडेल तयार पारेका छन् । यस्तो आल्मुनियम प्यानल घरमै पनि तयार गर्न सकिन्छ । जसका कारण वाइफाइ सिग्नल कमजोर हुने र वाइफाइ अरुले चोर्ने समस्या कम हुनछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...