News Portal

निर्मल स्याङ्तानलाई अध्यक्षमा चयन गर्दै नेपाली समाज कुवेत गठन

हिमाली संचार संवाददाता
५३१ पटक

कुवेत : नयाँ शक्ति नेपाल र सङघीय समाजवादी फोरम नेपाल पार्टीको वैदेशिक भात्रीसंगठन नेपाली सङ्घीय समाज (नेफेसो) कुवेत र अन्तराष्ट्रिय नेपाली समाज कुवेतबीच गएको शुक्रबार कुवेतको फर्वानियास्थित अडोटोरियम हलमा एक कार्यक्रमको आयोजना गरी एकता घोषणा भएको छ।

दुई पार्टीका भात्रीसंगठनहरु नेपाली सङ्घीय समाज (नेफेसो) कुवेत र अन्तराष्ट्रिय नेपाली समाज कुवेतलाई एकताबद्व गराएर “नेपाली समाज कुवेत” गठन गरिएको हो।

शुक्रबार भएको कार्यक्रम नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ्ग राई र अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका अध्यक्ष निर्मल कुमार स्याङतानको संयुक्त सभापतित्व र अन्तरराष्ट्रिय नेपाली समाजका संस्थापक संयोजक नारायण पोख्रेलको प्रमुख अतिथ्यमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

विशिष्ठ अथिति एनआरएनए आईसिसिको अर्डिनेटर अमीत चाम्लिंग राई, अथितिहरु एनआरएनए कुवेतका महासचिव हरि लावती, नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी, सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का, सिर्जनसिल युवा समुहका अध्यक्ष पुस्करसिंह धामी, किराँत राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राई लगायत कुवेतमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकर्मी लगायतको उपस्थिति रहेको थियो।

सभापतिद्वय, प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायतले पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रियगानसहित औपचारिकता दिदै सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो । स्वागत मन्तव्य कोमल अधिकारीले दिएकी थिइन् ।

नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी, शिर्जनशील युवा समाजका अध्यक्ष पुस्कार धामी, प्रवासी नेपाली समाजका उपाध्यक्ष युवाराज गैह्रे, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, किरात यायोक्खाका अध्यक्ष मन्जित राई, सुदुरपश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का, राजकुमार वान्तवा राई, सुजन केसी, सिन्हामान लोप्चन, आईसिसि कोर्डिनेटर अमित चाम्लिङ्ग राई लगायतले शुभकामना मन्तव्य दिदैं नेपाली राजनीतिको परिवर्तन संगै गठन भएको समाजवादी पार्टीले नारा जस्तै सङ्घीयता, शुसाशन, समृद्धि र समाजवाद जस्तै गरि निस्पक्ष राजनीतिको लागि समाज र देशको हितमा रहन र स्वार्थ भन्दा माथि उठेर लाग्न शुभकामना मन्तव्य दिए भने जय नारायण थारु, लोक याम्फु खखुरा र आकाश शेर्पाले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।

नेपाली सङ्घीय समाज (नेफेसो) कुवेत र अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको एकतापछी निर्मल स्याङ्तानलाई अध्यक्षमा चयन गर्दै शुक्रबार भएको सो कार्यक्रम मार्फत स्याङतानको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

सल्लाहकार समिति :

नारायण प्रसाद पोख्रेल, राजेन्द्र तामाङ, प्रकाश चाम्लिङ, सुनिल श्रेष्ठ, परशुराम शाह

कार्यसमिति :

अध्यक्ष : निर्मल कुमार स्याङतान (तामाङ)
वरिष्ठ उपाध्यक्ष : रोलबहादुर विश्वकर्मा
उपाध्यक्ष : जयनारायण थारु माझी
उपाध्यक्ष :अमृत तामाङ
उपाध्यक्ष : प्रवीण कुमार महतो
उपाध्यक्ष : ……
महासचिव : लोक याम्फु (खखुरा किरात)
सचिव : आङकाजी शेर्पा (आकाश)
सचीव : ऋषिकेश थनदार
सहसचिव : मानसराम वाहिङ राई
प्रवक्ता : राजकुमार वान्तावा राई
महिला प्रमुख : ख्रीश्टमाया तामाङ
संगठन विभाग प्रमुख : छिरिङ तामाङ
उप प्रमुख : सन्देश राई
युवा विभाग प्रमुख : उमेश राई
उपप्रमुख : विमल दाहाल
कोषाध्यक्ष : कोमल अधिकारी
सहकोषाध्यक्ष : ……
आइटी विभाग प्रमुख : सुसन गौतम

सदस्यहरुमा :

कुमार बलामी मगर, दशरथ खालीङ राई, मीन चाम्लिङ राई, माया राई, निसान्त कुमार सरदार, राजेन्द्र आले मगर, केदार सापकोटा, सुमन कुवर, अनिता खालिङ राई, नबराज खत्री, नुन बहादुर विश्वकर्मा, राम कुमार फौजदारी, सन्देश सुनार, अविनाश तामाङ, राधा चौधरी, शुशिला रजावँशी, पदम बहादुर तामाङ(अन्जान), राम दयाल राना, दिपक बिष्ट, धर्मेन्द्र कुमार चौधरी, कमल सुनार, धुर्वापति चौधरी, कृष्णा पौडेल

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...