News Portal

कुवेतमा मृत्यु भएकी सुमित्रा लिम्बुको परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

हिमाली संचार संवाददाता
४६४ पटक

कुवेत –  घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकि झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मे २८ तारिक २०१९ मा मृत्यु भएकी उनको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले आग्रह गरेको छ |

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिक जारी गरिएको राहदानी नं-०३६४६६७४ को मृतकको राहदानिमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ। नेपाली नागरिकता नं-०४०१-६९-१०४२० रहेको लिम्बुले सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर कुवेतमा आएको नेपाली राजदुतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिएका छन् |

मृतक लिम्बु बिरामी भए पछि उपचारको लागि अस्पतालमा भर्ना गराएको र गत मे २८ तारिक अस्पतालमै मृत्यु भएको हो | “मृतक सुमित्राको शवलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको भएता पनि उनको परिवार वा आफन्तजन कोहि संग पनि सम्पर्क हुन नसक्दा उनको शवलाई नेपाल पठाउन नसकेको दितीय सचिव मगरले बताए |

राहदानिको फोटोमा देखिएकी झापा महाभारा-३कि मृतक सुमित्रा जबेगु लिम्बुलाइ कसैले चिन्नु हुन्छ वा उनको परिवार एवं नातेदारलाई चिन्नु हुन्छ भने नेपाली दूतावास कुवेतको हटलाइन नं-९६५- ९८८६९१२१  सम्पर्क गर्नु हुन अनुरोध छ |

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...