News Portal

कुवेतमा मृत्यु भएकी सुमित्रा लिम्बुको परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

हिमाली संचार संवाददाता
५१६ पटक

कुवेत –  घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकि झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मे २८ तारिक २०१९ मा मृत्यु भएकी उनको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले आग्रह गरेको छ |

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिक जारी गरिएको राहदानी नं-०३६४६६७४ को मृतकको राहदानिमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ। नेपाली नागरिकता नं-०४०१-६९-१०४२० रहेको लिम्बुले सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर कुवेतमा आएको नेपाली राजदुतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिएका छन् |

मृतक लिम्बु बिरामी भए पछि उपचारको लागि अस्पतालमा भर्ना गराएको र गत मे २८ तारिक अस्पतालमै मृत्यु भएको हो | “मृतक सुमित्राको शवलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको भएता पनि उनको परिवार वा आफन्तजन कोहि संग पनि सम्पर्क हुन नसक्दा उनको शवलाई नेपाल पठाउन नसकेको दितीय सचिव मगरले बताए |

राहदानिको फोटोमा देखिएकी झापा महाभारा-३कि मृतक सुमित्रा जबेगु लिम्बुलाइ कसैले चिन्नु हुन्छ वा उनको परिवार एवं नातेदारलाई चिन्नु हुन्छ भने नेपाली दूतावास कुवेतको हटलाइन नं-९६५- ९८८६९१२१  सम्पर्क गर्नु हुन अनुरोध छ |

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...