News Portal

२८ जुनमा हुने प्रवासी इलामेली सेवा समाज कुवेतको वार्षिकोत्सबको तयारी पुरा

हिमाली संचार संवाददाता
५२६ पटक

कुवेत, १९ जुन : “समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिशेषता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले आउदो २८ जुन २०१९ शुक्रबारका दिन कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुन गईरहेको प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सब तथा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।

समाजको प्रथम वार्षिकोत्सब तथा प्रथम अधिवेशन बिभिन्न सांगीतिक प्रस्तुतिको साथमा मनाउने समाजका अध्यक्ष चक्र कुलुङ राईले जानकारी दिए।

वार्षिकोत्सब तथा अधिवेशनलाई ऐतिहासिक रुपमा भव्य र सभ्यरुपमा सफल बनाउनको लागि कुवेतस्थित क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समाजले अनुरोध गरेको छ।

साथै संघसंस्था लगायत सम्बन्धित सम्पूर्णलाई पत्राचार गरिसकेको र कारणबस पत्र हात नपरेको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति जनाईदिनु हुन समाजले आग्रह समेत गरेको छ।

      तपशिल :

मिति : २८ जुन २०१९ शुक्रबार
समय : ११ बजे
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : प्रवासी इलामेली सेवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...