News Portal

२८ जुनमा हुने प्रवासी इलामेली सेवा समाज कुवेतको वार्षिकोत्सबको तयारी पुरा

हिमाली संचार संवाददाता
५७८ पटक

कुवेत, १९ जुन : “समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिशेषता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले आउदो २८ जुन २०१९ शुक्रबारका दिन कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुन गईरहेको प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिकोत्सब तथा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।

समाजको प्रथम वार्षिकोत्सब तथा प्रथम अधिवेशन बिभिन्न सांगीतिक प्रस्तुतिको साथमा मनाउने समाजका अध्यक्ष चक्र कुलुङ राईले जानकारी दिए।

वार्षिकोत्सब तथा अधिवेशनलाई ऐतिहासिक रुपमा भव्य र सभ्यरुपमा सफल बनाउनको लागि कुवेतस्थित क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि समाजले अनुरोध गरेको छ।

साथै संघसंस्था लगायत सम्बन्धित सम्पूर्णलाई पत्राचार गरिसकेको र कारणबस पत्र हात नपरेको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति जनाईदिनु हुन समाजले आग्रह समेत गरेको छ।

      तपशिल :

मिति : २८ जुन २०१९ शुक्रबार
समय : ११ बजे
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : प्रवासी इलामेली सेवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...