News Portal

तमु समाजद्वारा रक्तदान कार्यक्रममा सहभागी हुन कुवेतबासी नेपालीहरुमा अपिल

हिमाली संचार संवाददाता
५६१ पटक

कुबेत, १८ जुन : “रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ।

बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको यो रक्तदान अभियान समाजको छैटौ श्रीङ्खला हो । मनुष्यलाई जीबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या अन्य कारणवश अत्यावश्यक पर्ने अमुल्य बस्तु “रगत” विश्वको एक कुनाबाट दान गरेर अर्को कुनामा तड्पिएकाहरुको जीवन बचाउन सकिने भएकोले यस किसिमको मानवीय कार्यमा तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ६ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज कुबेतले अपिल समेत गरेको छ ।

        तपशिल :

मिति : ५ जुलाइे २०१९ शुक्रबार
समय : दिनको ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया
आयोजक : तमु समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...