News Portal

तमु समाजद्वारा रक्तदान कार्यक्रममा सहभागी हुन कुवेतबासी नेपालीहरुमा अपिल

हिमाली संचार संवाददाता
५२३ पटक

कुबेत, १८ जुन : “रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ।

बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको यो रक्तदान अभियान समाजको छैटौ श्रीङ्खला हो । मनुष्यलाई जीबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या अन्य कारणवश अत्यावश्यक पर्ने अमुल्य बस्तु “रगत” विश्वको एक कुनाबाट दान गरेर अर्को कुनामा तड्पिएकाहरुको जीवन बचाउन सकिने भएकोले यस किसिमको मानवीय कार्यमा तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ६ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज कुबेतले अपिल समेत गरेको छ ।

        तपशिल :

मिति : ५ जुलाइे २०१९ शुक्रबार
समय : दिनको ठिक १२ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया
आयोजक : तमु समाज कुवेत।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...