News Portal

दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव तथा सांगीतिक धमाका सम्पन्न

हिमाली संचार संवाददाता
७६६ पटक

कुवेत, ८ जुन : “ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौँ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडी बढौं“ भन्ने मुलनाराका साथ स्थापना भयको दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ ।

हिजो ७ जुन २०१९ शुक्रबार दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकार चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ एक सांगीतिक कार्यक्रम गरी भब्यरुपमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष एलबी बिक्रम हमालको सभापतित्वमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी रहेको थियो भने बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी लगायत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रमुख अतिथि र अतिथि कलाकारलाई पन्चे बाजाले स्वागत गरीएको थियो। कार्यक्रम भुवन सुबेदीले संचालन गरेका थिए भने उपस्थित अतिथिहरुलाई संस्थाका संस्थाका सम्रक्षक बि.बि मल्ल ठकुरीले मन्तब्यबाट स्वागत गरेका थिए ।

प्रमुख अतिथि र अतिथि हरुको सामुहिक रुपमा पानसमा बत्त्ती बालेर कार्यक्रमको सुरुवात गरीयको थियो । एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल, पत्रकार महासंघ कुवेत साखाका उपाध्यक्ष नबराज पन्थी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तोकिएको समय भन्दा ढिला सुरु भएको कार्यक्रममा मुख्य आक्रषण अतिथि कलाकार चर्चित यक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास रहेको कार्यक्रममा नेपालको एक मात्र रियालिटी शो नेपाल आईडलबाट सफल नव गायक देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक प्रताप दास ले आफ्नो गीत लगयत अरु दर्जन चर्चित गीतहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे।

अहिलेको एकदमै सुपर स्टार हिरो नायक पल शाह स्टेजमा आउने बितीकै होहल्ला गर्दै उपस्थिति दर्शक हरु सेल्फी फोटो खिच्नेको भिड भएको थियो भने आफुले खेलेको फिलिमको गीतमा आफ्नो प्रस्तुति गरेको थियो। सांस्कृतिक कार्यक्रम प्रस्तुतिमा समाजका कलाकार खेम शाही ठकुरी, समाजका सम्रक्षक लोक पप गयाक बि.बि मल्ल ठकुरी,कुबेत एउटा मात्र ब्याण्ड हो sankpala ब्याण्ड लगयत अरु नयाँ कलाकर भाई बहिनी हरु ले उपस्थित दर्शकहरु लाई थप मनोरञ्जन दिलएको थियो।

कार्यक्रमलाई भब्य सफल पर्नको लागि अल मुल्ला एक्स्चेन्ज ( Al Mulla Exchange ) कम्पनी ले मुखिया प्रायोजन गरेको थियो। समाज ले विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थिए । नेपालबाट पल्नु भएको अतिथी कलाकार नायक पल शाह र गायक प्रताप दास,साथै मुखिया प्रायोजन ( Al Mulla Exchange ) लाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो

कार्यक्रमका अन्तम सभापति तथा समाजका अध्यक्ष एलबी बिक्रम हमालले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपालबाट पल्नु भएका कलाकार लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष वा, परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि दर्शन ठकुरी समाज कुवेत बाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...