News Portal

तीनवटा किराती संस्थाहरुले बिविध कार्यक्रमको साथ साकेला उभौली मनाए कुवेतमा

हिमाली संचार संवाददाता
५५२ पटक

कुवेतमा तीनवटा किरातीहरु संस्थाले बिविध कार्यक्रमका साथ साकेला उभौली मनाए

कुवेत – कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ आज आयोजित कार्यक्रम एकैसाथ ,उभौली चासोक तङ्नाम र रापवा श्यादर पीदार २०१९ बिविध कार्यक्रम गरी मनाए।

किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्व र नेपाली राजदूतावासका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन रोशन राई र टिकाराम दुर्विच सुनुवारले संयुक्त रुपमा संचालन र किरात राई यायोक्खा कुवेतकी सह-सचिव कविता राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो।

फर्वानिया स्थित अडिटोरियम हलमा आयोजित कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिहरु लगायतका अन्य तीनवटा किराती संस्था का कलाकर सबिन दुमि राइ, रोशन राई, मन्जु लावती, याम बि सावा, दर्सन काले राई, बिबिमर राई, अल्का राई, माया राई,तुलसी सुनुवार र सोभादेभी सुनुवार ले आ आफ्नो प्रस्तुतिहरु
प्रस्तु गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी,नेपाल पत्रकार महासंघ कुवेतका उप अध्यक्ष नबराज एनआरएनए कुवेतका अध्यक्ष सुमित्रा पौडेल,कोसेली ग्रुपको अध्यक्ष आनन्द आचार्य, मगरसघ कुवेत को सल्लाहकार जय आले मगर, तामाङ घेदुङ कुवेत का प्रबक्ता दिल कुमार पाख्रीन, तमु समाज कुबेतका अध्यक्ष राजु गुरुङ, आदिवासी जनाजाती महासङ कुवेत को अध्यक्ष अ्मृत तामाङ,

सुनुवार सेवा समाजको अध्यक्ष लाल बहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङ का अध्यक्ष देभी लिम्बू, किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका विशिष्ट संरक्षक सदस्य अ्मित चाम्लिङ लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्दै समग्रमा तीनवटा किरातहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको र कार्यक्रमले फुटेर होईन जुटेर अगाडी बढ्ने संदेश दिएको बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा तीनवटा किराती संस्थाहरुले विशेष योगदान गरेका ब्यक्तित्वहरु कुबेतका अनलाईन मिडिया, कलाकार भाई बहिनी हरु लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार खसी को मासु,नास्ताले स्वगात गरेका थिए।

कार्यक्रमको समापन गर्दै सभापति मन्जित चाम्लिङ राईले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...