News Portal

  • कुवेतमा संघीय समाजवादी र नयाँ शक्ति बिच पार्टी एकता कार्यक्रम २१ जुनमा हुदै

    हिमाली संचार संवाददाता
    ३९१ पटक

    कुवेत, ७ जुन : कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आउदो २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको तत्कालीन नयाँ शक्ति पार्टी कुवेतका महासचिव जय नारायण थारूले हिमालीसंचारलाई जानकारी दिए।

    गत बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल बिच एकिकरण भइ समाजवादी पार्टी गठन भए पश्चात पार्टीको आगिक निकाय र जनबर्गिय संगठनहरू र प्रवास संगठनहरू एकिकरण हुने क्रममा पार्टी केन्द्रिय कार्यलयले पठाएको सर्कुलर अनुसार कुवेतमा एकता घोषणा हुन लागेको हो ।

    तत्कालीन नयाँ शक्ति पार्टीका भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत (नयाँ शक्ति) र संघीय समाजवादी फोरमको भातृ संगठन नेपाली संघीय समाज कुवेत (संघीय समाजवादी फोरम) को एकता प्रकृयालाइ मुर्त रूप दिन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको तर्फबाट जय नारायण थारूको संयोजकत्वमा ३ सदस्सीय र नेपाली संघीय समाज कुवेतको तर्फबाट खकुरा किरातको संयोजकत्वमा ३ सदस्सीय गरी ६ सदस्सीय एकता संमायोजन समिति गठन गठन भएकोमा ज्येष्ठ २२ गते कुवेतको फरवानिया स्थित फरवानिया पार्कमा दुबै संगठनका अध्यक्षहरूको सभाध्यक्षतामा वृहत छलफल गरी समायोजन समितिले पेश गरेको प्रतिवेदनलाइ पारित गर्दै पार्टीको एकता घोषणा कार्यक्रम तय गरिएको हो ।

    तय गरिएको कार्यक्रममा पार्टी केन्द्रिय कार्यलयको सर्कुलर अनुसार प्रवास शाखा अन्तर्गतको नाम अन्तर्राष्ट्रिय नेपाली समाज(INS) नै राख्ने निर्णय गर्दै कुवेतमा रहेका विभिन्न संघसँस्था, पत्रकार, वुद्धिजीवि, समाजसेवी, खेलाडी, कलाकार, साहित्यकर्मी लगायत पार्टी प्रति आस्थावान तथा पार्टीमा आवद्ध हुन चाहने सबैलाइ उक्त एकता घोषणा कार्यक्रममा उपस्थित हुन आव्हान गरेको छ।

    निम्न स्थान र समयमा उपस्थितिको लागि तत्कालिन दुइवटै संगठनका अध्यक्षहरूले अनुरोध गर्दै कुवेतमा कृयाशिल संघसँस्था तथा मिडियाकर्मी सबैलाइ पत्राचार गरिने तथा कथं कदाचित निमन्त्रणापत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाइ आधार मानी उक्त कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सफल पार्न सबैसँग आग्रह गरेका छन् । उक्त दिन कुनै पनि संघसंस्था तथा समुदायले कुनै पनि सार्वजनिक कार्यक्रम नजुधाइदिनुहुन पनि आयोजकहरूले आग्रह गरेका छन् ।

          तपशिल :

    मिति : २१ जुन २०१९ शुक्रबार,
    समय :११:३० बजे,
    स्थान : युनिक अडिटोरियम हल फरवानिया, ब्लक – ३, कुवेत (अल हाइतम रेष्टुरेन्टको पछाडी पट्टी)

    विस्तृत जानकारीको लागि सम्पर्कः
    – ६५९९३६५०

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...