News Portal

कुवेतमा संघीय समाजवादी र नयाँ शक्ति बिच पार्टी एकता कार्यक्रम २१ जुनमा हुदै

हिमाली संचार संवाददाता
४८७ पटक

कुवेत, ७ जुन : कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आउदो २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको तत्कालीन नयाँ शक्ति पार्टी कुवेतका महासचिव जय नारायण थारूले हिमालीसंचारलाई जानकारी दिए।

गत बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल बिच एकिकरण भइ समाजवादी पार्टी गठन भए पश्चात पार्टीको आगिक निकाय र जनबर्गिय संगठनहरू र प्रवास संगठनहरू एकिकरण हुने क्रममा पार्टी केन्द्रिय कार्यलयले पठाएको सर्कुलर अनुसार कुवेतमा एकता घोषणा हुन लागेको हो ।

तत्कालीन नयाँ शक्ति पार्टीका भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत (नयाँ शक्ति) र संघीय समाजवादी फोरमको भातृ संगठन नेपाली संघीय समाज कुवेत (संघीय समाजवादी फोरम) को एकता प्रकृयालाइ मुर्त रूप दिन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको तर्फबाट जय नारायण थारूको संयोजकत्वमा ३ सदस्सीय र नेपाली संघीय समाज कुवेतको तर्फबाट खकुरा किरातको संयोजकत्वमा ३ सदस्सीय गरी ६ सदस्सीय एकता संमायोजन समिति गठन गठन भएकोमा ज्येष्ठ २२ गते कुवेतको फरवानिया स्थित फरवानिया पार्कमा दुबै संगठनका अध्यक्षहरूको सभाध्यक्षतामा वृहत छलफल गरी समायोजन समितिले पेश गरेको प्रतिवेदनलाइ पारित गर्दै पार्टीको एकता घोषणा कार्यक्रम तय गरिएको हो ।

तय गरिएको कार्यक्रममा पार्टी केन्द्रिय कार्यलयको सर्कुलर अनुसार प्रवास शाखा अन्तर्गतको नाम अन्तर्राष्ट्रिय नेपाली समाज(INS) नै राख्ने निर्णय गर्दै कुवेतमा रहेका विभिन्न संघसँस्था, पत्रकार, वुद्धिजीवि, समाजसेवी, खेलाडी, कलाकार, साहित्यकर्मी लगायत पार्टी प्रति आस्थावान तथा पार्टीमा आवद्ध हुन चाहने सबैलाइ उक्त एकता घोषणा कार्यक्रममा उपस्थित हुन आव्हान गरेको छ।

निम्न स्थान र समयमा उपस्थितिको लागि तत्कालिन दुइवटै संगठनका अध्यक्षहरूले अनुरोध गर्दै कुवेतमा कृयाशिल संघसँस्था तथा मिडियाकर्मी सबैलाइ पत्राचार गरिने तथा कथं कदाचित निमन्त्रणापत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाइ आधार मानी उक्त कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सफल पार्न सबैसँग आग्रह गरेका छन् । उक्त दिन कुनै पनि संघसंस्था तथा समुदायले कुनै पनि सार्वजनिक कार्यक्रम नजुधाइदिनुहुन पनि आयोजकहरूले आग्रह गरेका छन् ।

      तपशिल :

मिति : २१ जुन २०१९ शुक्रबार,
समय :११:३० बजे,
स्थान : युनिक अडिटोरियम हल फरवानिया, ब्लक – ३, कुवेत (अल हाइतम रेष्टुरेन्टको पछाडी पट्टी)

विस्तृत जानकारीको लागि सम्पर्कः
– ६५९९३६५०

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...