News Portal

तितोपाटी डटकमको प्रधानसम्पादकमा पन्थी नियुक्त

हिमाली संचार संवाददाता
४०५ पटक

कुवेत, ६ जुन : नवराज पन्थीलाई कोसेली समुह कुवेतले तितोपाटी डटकमको प्रधानसम्पादकमा चयन गरेको छ। संस्थाका अध्यक्ष आनन्द आचार्यको अध्यक्षतामा कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधानसम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो।

कोसेली समुहको स्थापनाकाल देखि सम्पादकको रूपमा रहेर छापा संस्करण मरूभूमिको कोसेली पत्रिकाको प्रधानसम्पादक रहि सकेका पन्थी विगत १६ वर्ष देखि कुवेतमा कार्यरत रहेका छन। उनी कुवेतमा रहेका विभिन्न सामाजिक संघसँस्थामा समेत नेतृत्वदायी भूमिकामा रहिसकेका छन् भने हाल उनी नेपाल पत्रकार महासंघ कुवेत शाखाको उपाध्यक्ष पदमा छन् ।

अत्यन्त मिलनसार, सहृदयी र हक्की स्वभावका पत्रकार पन्थी कोसेली समुह कुवेतका पुर्व अध्यक्ष हुन भने उनले नेपालमै रहँदा खेरि वि.सं. २०५७-५८ साल तिर पाल्पामा रहेको सामुदायिक रेडियो मदमपोखरा एफ.एम. र गाउँले देउराली साप्ताहिकसँग आवद्ध भएर पत्रकारिताको अनूभव संगाली सकेका छन् ।

प्रधानसम्पादक नबराज पन्थीलाइ नियुक्त गर्ने विशेष बैठकमा संस्थाका संस्थापक संरक्षक सुजन केसि, बरिष्ठ सल्लाहकार मनु भुजेल, सल्लाहकार एवं बरिष्ठ पत्रकार तोयानाथ दाहाल, निवर्तमान प्रधानसम्पादक एवं पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्याैपाने लगायत कोसेली समुह कुवेतका सम्पुर्ण सदस्यहरूको उपस्थिति रहेको थियो। विगत ११ वर्ष देखि कोसेली समुहबाट विभिन्न मिडियाहरू मरूभूमिको कोसेली, तितोपाटी डटकम र युटुबमा titopati online संचालित छन् ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...