News Portal

नेपाली जनएकता सेवा समाज कुवेतले यसरी मनायो वार्षिक उत्सव तथा अधिवेशन

हिमाली संचार संवाददाता
५६२ पटक

कुवेत, ५ जुन : मंगलबार जुन ५ तारिख इस्लाम धर्मावलम्बिहरुको पर्व ईदको छुट्टीको दिन कुवेत स्थित फर्वानियाको हलमा नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ।

“एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ कुवेतमा कार्यरत लुलु इन्टरनेशनल कम्पनीमा रहेका नेपालीहरु मिलेर सन् २०१५ मा स्थापना भएको यस संस्थाले स्थापनाकाल देखिनै सक्रिय रही कम्पनीमा रहेका नेपालीहरु बिभिन्न आपतबिपतमा परेकाहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमाललो गर्दै आएको छ।

स्थापनाकाल देखिनै संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रम गर्दै आएको छ र यसपाली पनि त्यसैलाईनै निरन्तरता दिंदै कार्यक्रमको आयोजना गरेको हो। इस्लाम धर्मावलम्बिहरुको लागि पबित्र मानिएको महिना रमादानको अन्तिम दिन (ईद) को दिन नै किन कार्यक्रम हुने? भन्ने बारेमा स्पष्ट पार्दै संस्थामा आवद्ध सबैजनाको शुक्रबार र ईदको दिन बाहेक अन्य सार्वजनिक बिदाको दिन कम्पनिमा छुट्टि नहुने भएकोले प्रत्येक बर्षको ईदको दिन मनाउदै आएको कुरा संस्थाका महासचिव डिबी भुसालले प्रस्ट्याए।

कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावासका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी तथा मुक्त बहादुर बिकको सभापतित्वमा गरिएको मंगलबार सम्पन्न कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई मन्तब्य मार्फत संस्थाका महासचिव बिबी भुसालले स्वागत गरेका थिए भने कार्यक्रमलाई सहजीकरण संस्थापक संयोजक खुम रायमाझीले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदुतको स्वागतको लागि  लाली गुराँस संस्कृतिक मंच कुवेतका (पन्चे बाजा टिम) कलाकारहरुले ब्यानरसहित नेपालकै लोपान्मुख पञ्चेबाजाले भब्य स्वागत गरेका थिए भने आयोजकको तर्फबाट दोसल्ला ओढाएर स्वागत गरिएको थियो।

चौंथो वार्षिकोत्सव तथा तेश्रो अधिवेशन कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरु र अतिथिहरुले सामुहिकरुपमा दिव्या प्रज्वलन गर्दै केक काटेर उत्सव मनाउदै सुरु गरिएको कार्यक्रममा शुभकामना मन्तब्य प्रमुख अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी लगायत बिशेष अतिथि नेपाली दुतावासका पदाधिकारी मित्र सिंजाली, बिशेष अतिथि पत्रकार महासंघका उपाध्यक्ष नबराज पन्थी, किराँत राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राई, परदेशी खबरका प्रधान सम्पादक नैनकला राई, जनसम्पर्क समिति कुवेतका उपाध्यक्ष माधव शर्मा, ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामाङ र कम्पनीको तर्फबाट खेम सारु मगरले दिएका थिए।

बक्ताहरुले संस्थाले गरेको कार्यको प्रसंशा गर्दै नयाँ नेतृत्वको पनि प्रशंसनीय कार्यहरुरुको निरन्तताको शुभकामना दिएका थिए। आयोजकले संस्थालाई सहज र सफल बनाउनको लागि आर्थिक नैतिक र भौतिक रुपमा बिशेष भूमिका खेलेका व्यक्ति बिशेषहरु, संस्थाहरु, मिडियाहरु लगाएतलाइ सम्मान पत्र र खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा लाली गुराँस संस्कृतिक मंच कुवेतका (पन्चे बाजा टिम) कलाकारहरुको कला नेपालकै लोपान्मुख पञ्चेबाजाले नेपालको झल्कन दिलाउदै सहनाई र ढोलकको मिठो धुन हलमा गुन्जिएको थियो साथै कार्यक्रमको बीच बिचमा स्थानीय कलाकारहरुले नृत्य र संगीतिक कार्यक्रमले उपस्थित अतिथिहरुलाई मनोरंजन दिलाएको थियो। उपस्थित पाहुनाहरुलाई आयोजकले नेपाली परिकारको खाना सहित दिवा भोजको पनि ब्यबस्था गरेको थियो।

कार्यक्रमको दोश्रो चरणमा संस्थाको तेश्रो अधिवेशनले मुक्त बहादुर बिककै पुनः नेतृत्वमा उपाध्यक्षहरु रुद्र राजवंशी, भोलानाथ पाण्डे, महासचिवमा डिबी भुसाल, कोषाध्यक्षमा थम्मन छन्त्याल र सचिवमा घनश्याम वास्ताकोटी सहित २१ सदस्सिय कार्य समिती चयन गरेको छ। कार्यक्रमको अन्तमा सभापति बिकले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गरि कार्यक्रम सफल पारिदिनु हुने सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

नयाँ कार्यसमिती:

अध्यक्ष : मुक्त बहादुर बिक
प्रथम उपाध्यक्ष : रुद्र प्रसाद राजवंशी
द्वितिय उपाध्यक्ष : भोलानाथ पाण्डे
महासचिव : डिबी भुसाल
सचिव : घनश्याम वास्ताकोटी
कोषाध्यक्ष : थम्मन छन्त्याल
सहकोषाध्यक्ष : रमेश बिक

सदस्यहरुमा:

ठाकुर प्रसाद श्रेष्ठ
दिनेश सुनुवार
दल बहादुर सोमरे
श्याम बहादुर थापा
खेम सारु मगर
दशरथ केसी
भेषराज थापा
भिम बहादुर गुरुङ
ज्ञान बहादुर राना
पुष्पक गाहा मगर
राजु कुमाल
सिता तामाङ
रचना रुम्बा
बुद्धिमाया सुनार

सल्लाहकारहरु:

धन बहादुर गुरुङ
बल बहादुर राना
हरी प्रसाद न्यौपाने

संरक्षकहरु:

खुम रायामाझी
झविलाल न्यौपाने
शंकर कुमाल

फोटो पत्रकार:

इन्द्र मश्राङ्गी मगर

(पत्रकार नैनकला राईको सहयोगमा।)

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...