News Portal

कविता – यो जीवन

हिमाली संचार संवाददाता
९०१ पटक

~ अन्जानयात्री विश्वप्रकाश

एउटै हो त गर्वधारण नै आउने द्वार
मातापिताको सरण मै रमाउने संसार
हुर्किन्छ बढिन्छ बाढेर ममता र स्नेह
जानिन्छ र गडिन्छ बिभिकता र मोह

ज्ञानि त झन स्वभाव टल्किन्छ यतै
लाचारी पन अभाव झल्किन्छ कतै
आदर सत्कार गर्नुपर्छ जान्ने मान्यको
चीत्कार पुकार हेर्नूपर्छ सामुन्ने हिन्नेको

जनजनमा विश्वास ठुलो छ धरोहर
छिनमै हतास सानो छ मनोसरोवर
धर्ती र मानव दयाँ मायाको हो सागर
यहाँ छैनन्् त दानव छायँको के डर

फुलेको झर्ने नै भयो र पछुतो पो
नियम बिपरित अछुतो रह्यो र को
नाप्ने जोख्ने भाग्यबिधाता मर्जी हो
कोपिला टिप्ने नीतिनिर्माता अर्जि भो

सुन्दर सालिन बोली त झन प्रखर
आयो बिपद नै त उदास मन भर्खर
घडी र पाला चल्छन् तिथि र मिति
निर्दयी काल रुक्दैन हेर नि अलिकति।।

– बुङदीकाली रकुवा ३ नवलपुर

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...