~ अन्जानयात्री विश्वप्रकाश
एउटै हो त गर्वधारण नै आउने द्वार
मातापिताको सरण मै रमाउने संसार
हुर्किन्छ बढिन्छ बाढेर ममता र स्नेह
जानिन्छ र गडिन्छ बिभिकता र मोह
ज्ञानि त झन स्वभाव टल्किन्छ यतै
लाचारी पन अभाव झल्किन्छ कतै
आदर सत्कार गर्नुपर्छ जान्ने मान्यको
चीत्कार पुकार हेर्नूपर्छ सामुन्ने हिन्नेको
जनजनमा विश्वास ठुलो छ धरोहर
छिनमै हतास सानो छ मनोसरोवर
धर्ती र मानव दयाँ मायाको हो सागर
यहाँ छैनन्् त दानव छायँको के डर
फुलेको झर्ने नै भयो र पछुतो पो
नियम बिपरित अछुतो रह्यो र को
नाप्ने जोख्ने भाग्यबिधाता मर्जी हो
कोपिला टिप्ने नीतिनिर्माता अर्जि भो
सुन्दर सालिन बोली त झन प्रखर
आयो बिपद नै त उदास मन भर्खर
घडी र पाला चल्छन् तिथि र मिति
निर्दयी काल रुक्दैन हेर नि अलिकति।।
– बुङदीकाली रकुवा ३ नवलपुर