News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १९ मा अतिथि कलाकारका साथ उत्सव मनाउने

नेपाल आइडल बुद्ध लामा र गायिका सरस्वती लामा कुवेत आउने !

हिमाली संचार संवाददाता
४१८ पटक

कुवेत, २ जुन : नुवाकोट धादिङ रसुवा समाज कुवेतले आगामी जुलाई १९ तारिख शुक्रबारका दिन अतिथि कलाकारहरु नेपालको पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा प्रथम बार्षिक उत्सब साथमा मनाउने भएको छ।

उक्त कार्यक्रम कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा अतिथि कलाकारको साथमा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक धर्म तमाङले जानकारी दिएको छन्।

रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले यो प्रथम साँस्कृतिक कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थिति भइ दिनुहुन आयोजकले आग्रह समेत गरेको छ।

     तपशिल :
मिति : जुलाई १९ तारिक २०१९
स्थान : ईण्डियन सेन्टरल स्कुल, जिलिप
समय : बिहान ११ बजे
आयोजक : नुवाकोट धादिङ रसुवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...