News Portal

कुवेतका ३ किराती संस्थाको सयुक्त कार्यक्रम साकेला उभौलीको तयारी पुरा

हिमाली संचार संवाददाता
४३९ पटक

कुवेत, २ जुन : कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले जानकारी दिए।

“भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले साकेला चाड मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।

अध्यक्ष राईले उक्त कार्यक्रममा कुवेतमा कार्यरत किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक नृत्य साकेला सिलीमा सहभागिता जनाई चाड मनाउन र गैर किराती दिदीबहिनी तथा दाजुभाइहरु लगाएत मिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवीहरुलाई पत्राचार गरिसकेको र कहीं कतै भुल भइ छुट्न गएको खण्डमा यहि समाचारलाई आधार मानी गरिमामय उपस्थितिको लागि कार्यक्रमका संयोजक तथा किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले सम्पूर्णलाई आग्रह गरेका छन्।

     तपशिल :
मिति : ७ जुन २०१९
समय : बिहान ११ बजे
स्थान : अडिटोरियम हल, फर्वानिया, कुवेत

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...