News Portal

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सेप्टेम्बर २० मा रबि ओड र चक्र बमका साथ उत्सव मनाउने

हिमाली संचार संवाददाता
४४० पटक

कुवेत, २ जुन : सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथ् बृहत सांगीतिक धमाका २०१९ कार्यक्रमको आयोजना गर्ने भएको छ।

‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक सेवाका कार्यहरुमा नै खर्च गरिने संस्थाका अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्।

उक्त दिन यस ऐतिहासिक साँस्कृतिक धमाकामा आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रम भव्यरुपमा सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले अपिल गर्दै उक्त दिन संघ संस्थाहरुलाई कार्यक्रम नजुधाई दिनुहुन पनि आग्रह गरेको छ।

तपशिल
स्थान : ब्वाइज स्काउट एसोसिएसन हल हवाली, कुवेत
समय : बिहान ११ बजे
मिति : २० सेप्टेम्बर २०१९
आयोजक : सुदुरपश्चिमेली नेपाली समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...