News Portal

  • तपाईंको आजको राशिफल : बि.स.२०७५ साल श्रावण २५ गते शुक्रवार, तदअनुसार अगष्ट १०, २०१८

    हिमाली संचार संवाददाता
    ६१० पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष : बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

    वृष : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।

    मिथुन : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    कर्कट : प्रेममा सफलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

    सिंह : प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । कार्यहरू अधुरै रहला । प्रेममा मनमुटाव आउला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

    कन्या : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँको मेहनतको प्रसंसा गर्नेछन् ।

    तुला : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

    वृश्चिक : शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ ।

    धनु : विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चिलो यात्रा रहला ।

    मकर : नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।

    कुम्भ : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

    मीन : स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...