News Portal

  • युएईमा संयुक्त रुपमा उभौली साकेला चाड मनाइदै

    हिमाली संचार संवाददाता
    ४२० पटक

    युएई, २४ मे : आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली साकेला मनाउने तयारी गरिएको छ। युएईमा बस्दै आएका किरातीहरुले बि.सं.२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजन र किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति आबुधाबी, किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति अल ऐनको सह आयोजमा उभौली कार्यक्रम हुन लागेको हो ।

    किरातीहरुले बैशाख शुक्ल पुर्णिमालाई शुभ मानी उभौली साकेला मनाउने गर्दछन् भने मंसिर शुक्ल पुर्णिमामा उधौली साकेला मनाउने गर्दछन् । नेपालमा बैशाख पुर्णिमाको दिन मनाउने गरिए पनि बिदेशमा रहेका किरातीहरुले भने बैशाख पुर्णिमा पछि मात्र मनाउने गरेका छन् । यसैगरी युएईको सातौँ स्टेटमा रहेका किरातीहरुले आफ्नो पेसागत समयलाई समेटेर ७ जुनमा मनाउने भएका छन् ।

    किरातीहरु इतिहास कालखण्डबाटै प्रकृतिपुजक हुन् । किराती आदिम पुर्खा सुम्निमा, पारुहाङ हुन् भने सुम्निमा नाकराजको छोरी हुन् । परुहाङ किराँतेश्वर राजाका छोरा तथा तायादिन काल उनीहरुले नै खेतीपाती लगाउन सुरु गरेका थिए भन्ने भनाइ छ । हरेक बर्षको उभौली तथा उधौली साकेला पुज्ने गरिन्छ ।

    चोखो ठाउँको रुखको मुनि वरिपरि पर्खाल लगाएर बनाएको भुमे स्थलमा साकेला मनाउने गर्दछन् । साकेला गर्दा किराती मुन्दुमी कुल कुबि ( नक्छो) र जेष्ठ नागरिक पुर्खा र चार ढोले (सिल्लिपा) चार मसुने (सिल्लिमा) हुनुपर्ने हुन्छ । कुल मुन्दुमी नक्छोले आफ्नो घरको कुललाई देवी–देवतालाई मुन्दुम बखानलाई घरको तीन चुलालाई बल माग्ने गरिन्छ ।

    साकेला गर्दा चाहिने सामग्रीमा चोखो अदुवा, चामल, धुप, सुगुर, कुखुराको भाले, एक आन्डा, चिन्डोमा चोखो रक्सी चाहिन्छ । मुन्दुमी नक्छोले लगाउने बस्त्र दाउरा सुलवाल जस्तै बनावटको हुन्छ। खाडीको कपडा, दुम्सीको काँडा र सुनाखरी बाट बनेको सिलातकोमा, पगरी, मयुरको प्वाँख, रुद्राक्ष माला, सर्पको हाडको माला, घन्टी, फुर्के, बिसुर्लिम, सेउली, धनुकाँण, ढोल, झ्याम्टा, फलामबाट बनेको तिर्शुल, तरवार, खुर्पा आदी सामग्री चाहिन्छ ।

    नक्छोको घर आँगनमा एउटा सेउलीको किला गाडेको हुन्छ । जसमा ४ मसुमे आफ्नो साँस्कृतिक भेषभूषाको पहिरनमा झ्याम्टा बजाई वरिपरि घेरा लगाएर चासुम्म सिल्ली (बिउ छर्ने सिल्ली) गर्दछन् भने घरभित्र नक्छो ,ढोले तीन चोला लाई ढोल झ्याम्टा बजाई चिन्डोको रक्सीले छर्की मुन्दुम भन्दै साकेला सिल्ली गर्दछन्।

    साकेला पुर्णिमा देखि पञ्चमी सम्म चल्ने गर्छ । उभौली साकेला मानाउनुको अर्थ बालीनालीको बिउ छर्ने समय भएका हुनाले राम्रो सँग फलोस् फूलोस र मानव प्राणीहरु सदा बाँची रहुन् भनी मुन्दुमी नक्छोले अदुवाबाट यारी हान्ने गर्छ । गाउँघरतिर साकेला स्थलमा मुन्दुमी कुलकुबिको घरबाट केही टाढा खेतमा नजिक रहेको हुन्छ भने (काठमाडौं) लालितपुरमा हात्तिबनस्थित साकेला थान रहेको छ।

    यसैगरी युएईमा छरिएर रहेका किरातीहरुले भने आफू बसेको ठाउँको सबै किराती समेट्दै पायक पर्ने पार्कमा जम्मा भएर उधौली र उभौली साकेला मनाउदै आएका छन् । युएईमा रहेका विभिन्न संघ संस्थाका किराती तथा गैर किराँतीहरुलाई उभौलीमा चुले निम्तो दिँदै राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ युएईको समेत उपस्थित रहने उपाध्यक्ष बिजयलक्ष्मी राईले बताइन् । उनका अनुसार यो आउँदो ७ जुन अर्थात उभौलीका लागि चुले निम्तो बाँड्ने क्रम जारी रहेको बताएका छ्न।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...