News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बेलायतमा लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित

    हिमाली संचार संवाददाता
    ३९५ पटक

    लण्डन : बार्नेट काउन्सिलको हेल वार्डका काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको यहि मे २१ तारिख २०१९ तारिख बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।

    हरेक बर्ष बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट नयां मेयर र उपमेयर चयन गर्ने क्रम अनुसार गुरुङ उपमेयरमा निर्वाचित भएका हुन ।बार्नेट काउन्सिल झन्डै चार लाख जनसंख्या भएको सबैभन्दा बढी जनसंख्या भएको काउन्सिल हो ।

    गुरुङले उपमेयरमा निर्वाचित भएपछि सबै लाई धन्यवाद दिंदै बार्नेट काउन्सिल र नेपाली समुदायको बिचको सम्बन्ध लाई अझ बलियो पार्न मुख्य प्राथमिकता रहने र उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्ने बताएका छन।

    गुरुङ बेलायतको सबैभन्दा ठूलो सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन। गुरुङ ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त हुन भने बेलायतमा कृयाशिल संस्थाहरु तमु धीं लण्डन इकाइका सल्लाहकार, ताङतिङ समाज युकेका अध्यक्ष र बर्न्टओक नेपाली समाजका पुर्व अध्य पनि हुन।

    गुरुङ सन् २००५ देखि स-परिवार श्रीमती दुई छोरी र एक छोराका साथ बेलायतमा बसोबास गर्दै आएका छ्न। उनी गत वर्ष कन्जरभेटिभ पार्टीको तर्फ बाट बार्नेट काउन्सिलको हेल वार्डको काउन्सिलर निर्वाचित भएका थिए । गुरुङ नेपाली समुदायलाई पुर्‍याएइको सेवा र सहयोगको कदर स्वरुप बार्नेट सिभिक अवार्डबाट सम्मानित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

    काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा...

    नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

    काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको...

    गैरआवासीय नेपालीहरूबीच एकताको अपिल : एनआरएनए ग्लोबल कन्क्लेभबाट आठ बुँदे निष्कर्ष सार्वजनिक

    काठमाडौं, जेठ १ – काठमाडौंमा सम्पन्न “एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५” ले गैरआवासीय नेपालीहरू (एनआरएन) बीचको विवाद...

    आजको राशिफल

    आज जेठ १, २०८२ (मे १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

    काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ...