News Portal

एनआरएनए कुवेतद्वारा नयाँ सदस्यता आवेदनका लागी आह्वान

हिमाली संचार संवाददाता
५९१ पटक

कुवेत, २० मे : गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने भएको महासचिव हरि लावतीद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ।

सो बिज्ञप्तीमा भनिएको छ, आगामी कार्यकाल २०१९–२१ को लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ताका १ महिने समयावधि (१९ मे २०१९ देखि १९ जुलाई २०१९) सम्म अनलाईन मार्फत खुल्ला गरिएको एनआरएनए कुवेतले जनाएको छ।

साथै नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information Systems) मा नयाँ अनलाईन आवेदन दिन सकिने समेत बताईएको छ । नयाँ सदस्यता लिनको लागी एनआरएनएको आधिकारिक वेबसाईट (https://mero.nrna.org) मा गएर सदस्यता रजिस्टेसन (Membership Registration) भित्र आवश्यक विवरण भर्नुपर्नेछ । नयाँ सदस्यता प्राप्त गर्न कुवेती २ दिनार ५०० फिल्स शुल्क लाग्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस।

एनआरएनए कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सर्‍यो 

सदस्यता अनलाईन फारामको लागी एनआरएनए आईडि कार्डका लागि १ प्रती फोटो, कुवेतको सिभिल आईडीको प्रतिलिपि, राहदानीको प्रतिलिपि, सदस्य बन्न चाहाने ब्यक्तिको मोबाइल नम्बर र ईमेल अनिवार्य आबश्यक पर्ने जनाएको छ।

साथै एनआरएनए कुवेतको अनलाईन आवेदन सम्बन्धि थप जानकारी लिनुपरेमा जिलीब-हसावियाका लागी अध्यक्ष सुमित्रादेवि पौडेल(५५०३३४४०), फाहाहिल-माङगाफका लागी महासचिव हरि लावती(९७२७८३७९), साल्मीया-हवालीका लागि गणेश रावत(६५०८१५३२), फर्वानीयाका लागि उमेश पुडासैनी(५१६९०५१२) र नैना कला राई (५६६४२६१३) लाई सम्पर्क गर्न सकिने छ भने कुवेत सिटीका लागि हर्क मोक्तान(६६१६२७४८), खैतान-जाहारा शिव कोइराला (५०४३५३२५) र फिन्टासका लागि आनन्द आश्चार्य(५५२०६६४१) संग पनि सम्पर्क गर्न सकिने बताएको छ।

महाअधिवेशनको कार्यतालिका र स्थान बारे अर्को सूचना मार्फत जानकारी दिइने एनआरएनए कुवेतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...