News Portal

  • एनआरएनए कुवेतद्वारा नयाँ सदस्यता आवेदनका लागी आह्वान

    हिमाली संचार संवाददाता
    ५३५ पटक

    कुवेत, २० मे : गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने भएको महासचिव हरि लावतीद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ।

    सो बिज्ञप्तीमा भनिएको छ, आगामी कार्यकाल २०१९–२१ को लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ताका १ महिने समयावधि (१९ मे २०१९ देखि १९ जुलाई २०१९) सम्म अनलाईन मार्फत खुल्ला गरिएको एनआरएनए कुवेतले जनाएको छ।

    साथै नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information Systems) मा नयाँ अनलाईन आवेदन दिन सकिने समेत बताईएको छ । नयाँ सदस्यता लिनको लागी एनआरएनएको आधिकारिक वेबसाईट (https://mero.nrna.org) मा गएर सदस्यता रजिस्टेसन (Membership Registration) भित्र आवश्यक विवरण भर्नुपर्नेछ । नयाँ सदस्यता प्राप्त गर्न कुवेती २ दिनार ५०० फिल्स शुल्क लाग्ने जनाइएको छ ।

    यो पनि पढ्नुहोस।

    एनआरएनए कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सर्‍यो 

    सदस्यता अनलाईन फारामको लागी एनआरएनए आईडि कार्डका लागि १ प्रती फोटो, कुवेतको सिभिल आईडीको प्रतिलिपि, राहदानीको प्रतिलिपि, सदस्य बन्न चाहाने ब्यक्तिको मोबाइल नम्बर र ईमेल अनिवार्य आबश्यक पर्ने जनाएको छ।

    साथै एनआरएनए कुवेतको अनलाईन आवेदन सम्बन्धि थप जानकारी लिनुपरेमा जिलीब-हसावियाका लागी अध्यक्ष सुमित्रादेवि पौडेल(५५०३३४४०), फाहाहिल-माङगाफका लागी महासचिव हरि लावती(९७२७८३७९), साल्मीया-हवालीका लागि गणेश रावत(६५०८१५३२), फर्वानीयाका लागि उमेश पुडासैनी(५१६९०५१२) र नैना कला राई (५६६४२६१३) लाई सम्पर्क गर्न सकिने छ भने कुवेत सिटीका लागि हर्क मोक्तान(६६१६२७४८), खैतान-जाहारा शिव कोइराला (५०४३५३२५) र फिन्टासका लागि आनन्द आश्चार्य(५५२०६६४१) संग पनि सम्पर्क गर्न सकिने बताएको छ।

    महाअधिवेशनको कार्यतालिका र स्थान बारे अर्को सूचना मार्फत जानकारी दिइने एनआरएनए कुवेतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...