News Portal

राष्कोट अस्पताल निर्माणको लागि नेपाल कुवेत साँस्कृतिक मंचद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५२४ पटक

कुवेत : कुवेतको सबैभन्दा पुरानो साँगितिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले सिधाकुरा जनतासंग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ मंचको १८ औँ सांगीतिक धमाकामा उठेको रकममा खर्च कटाएर बचत हुन गएको रकम १,५१,००० (एक लाख एकाउन  हजार) नेपाली रुपैया मंचका महासचिव रोशन राई र संयोजक उमा घिमिरे तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बरालले संयुक्तरुपमा सिधा कुरा जनता संगको कार्यालयमा कुशल पत्रकार रवि लामिछानेको हातमा आज हस्तान्तरण गरिएको जानकारी मंचका अध्यक्ष गोविन्द बरालले जानकारी दिएका छन्।

उक्त कार्यक्रम शुक्रबार ३ मे २०१९ मा कुवेतको जिलिब स्थित पपिन्स हलमा मंचको १८ औँ सांगीतिक धमाका स्वरुप सम्पन्न भएको थियो।

उक्त कार्यक्रमलाई सफल बनाउनको ठुलो रकम उठाउन सहयोग पुर्याउनु हुने अल्मुल्लाह कंपनिमा कार्यरत सहयोगी मनका धनी दुर्गा ढकाल, तोयानाथ दाहाल, संस्थाको उपाध्यक्ष डान्सर नेहा राई, डान्सर अश्मी तामाङ, एन आर एन ए कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रादेवी पौडेल लगायत नेपाल कुवेत साँस्कृतिक मंचका संरक्षक, सल्लाहकार, कलाकार, कार्यसमिति सदस्य तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण कुवेतवासी नेपाली तथा गैर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई ब्यक्तिगत तथा साँस्कृतिक मंचकोतर्फबाट धन्यवाद ब्यक्त गरेका छन् ।

साथै आगामी दिनहरुमा पनि यसैगरी साथ मिल्ने प्रती साँस्कृतिक मंच पूर्ण आशावादी रहेको मंचका अध्यक्ष बरालले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...