News Portal

राष्कोट अस्पताल निर्माणको लागि नेपाल कुवेत साँस्कृतिक मंचद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५७८ पटक

कुवेत : कुवेतको सबैभन्दा पुरानो साँगितिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले सिधाकुरा जनतासंग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ मंचको १८ औँ सांगीतिक धमाकामा उठेको रकममा खर्च कटाएर बचत हुन गएको रकम १,५१,००० (एक लाख एकाउन  हजार) नेपाली रुपैया मंचका महासचिव रोशन राई र संयोजक उमा घिमिरे तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बरालले संयुक्तरुपमा सिधा कुरा जनता संगको कार्यालयमा कुशल पत्रकार रवि लामिछानेको हातमा आज हस्तान्तरण गरिएको जानकारी मंचका अध्यक्ष गोविन्द बरालले जानकारी दिएका छन्।

उक्त कार्यक्रम शुक्रबार ३ मे २०१९ मा कुवेतको जिलिब स्थित पपिन्स हलमा मंचको १८ औँ सांगीतिक धमाका स्वरुप सम्पन्न भएको थियो।

उक्त कार्यक्रमलाई सफल बनाउनको ठुलो रकम उठाउन सहयोग पुर्याउनु हुने अल्मुल्लाह कंपनिमा कार्यरत सहयोगी मनका धनी दुर्गा ढकाल, तोयानाथ दाहाल, संस्थाको उपाध्यक्ष डान्सर नेहा राई, डान्सर अश्मी तामाङ, एन आर एन ए कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रादेवी पौडेल लगायत नेपाल कुवेत साँस्कृतिक मंचका संरक्षक, सल्लाहकार, कलाकार, कार्यसमिति सदस्य तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण कुवेतवासी नेपाली तथा गैर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई ब्यक्तिगत तथा साँस्कृतिक मंचकोतर्फबाट धन्यवाद ब्यक्त गरेका छन् ।

साथै आगामी दिनहरुमा पनि यसैगरी साथ मिल्ने प्रती साँस्कृतिक मंच पूर्ण आशावादी रहेको मंचका अध्यक्ष बरालले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...