News Portal

कुवेतमा किराँती संस्थाहरुद्वारा संयुक्त रुपमा उभौली मनाइदै

हिमाली संचार संवाददाता
४५६ पटक

कुवेत : भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउने यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा रहेर कार्यरत किराती समुदायहरुले कला र संस्कृतिलाई जगेर्ण गर्दै विविध कार्यक्रम गरि सुरुवातका वर्षहरुमा आ आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष यता भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यसपालि भने स्थानिया कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।

फर्वानियाको युनिक अडिटोरियम हलमा (अल-हैतम रेष्टुरेण्ट पछाडी) आयोजना गरिने कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन आयोजकले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अनुरोध गर्दै चुले निम्तो समेत दिएको छ। साथै कार्यक्रममा उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने बताईएको छ।

       तपशिल : 
मिति : ७ जुन २०१९
स्थान : युनिक अडिटोरियम हल फर्वानिया, कुवेत।
समय : बिहान ११ बजे

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...