News Portal

कुवेतमा किराँती संस्थाहरुद्वारा संयुक्त रुपमा उभौली मनाइदै

हिमाली संचार संवाददाता
४७८ पटक

कुवेत : भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउने यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा रहेर कार्यरत किराती समुदायहरुले कला र संस्कृतिलाई जगेर्ण गर्दै विविध कार्यक्रम गरि सुरुवातका वर्षहरुमा आ आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष यता भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यसपालि भने स्थानिया कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।

फर्वानियाको युनिक अडिटोरियम हलमा (अल-हैतम रेष्टुरेण्ट पछाडी) आयोजना गरिने कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन आयोजकले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अनुरोध गर्दै चुले निम्तो समेत दिएको छ। साथै कार्यक्रममा उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने बताईएको छ।

       तपशिल : 
मिति : ७ जुन २०१९
स्थान : युनिक अडिटोरियम हल फर्वानिया, कुवेत।
समय : बिहान ११ बजे

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...