News Portal

  • मृगौला पीडित आलेमगरलाई कुबेतबाट आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ३६४ पटक

    कुवेत, १९ मे : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामाङको पहलमा मृगौला पिडित जनक सिङ आलेमगरलाई आर्थिक सहयोग गरिएको छ।

    भरतपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेको पिडित आले मगरलाई १ लाख ५० हजार रुपैया नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम बहादुर लामा मार्फत आइतबार हस्तान्तरण गरिएको हो।

    आर्थिक स्थिति निकै नै दयनिय रहेको पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै वैदेशिक रोजगारीमा आएर विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्नुका साथै विविध क्षेत्रमा समस्यामा परेका व्यक्तिहरुलाई सेवा नै मानव धर्म हो भन्ने भाव बोकेर सधैं अगाडि बढ्ने यो अभियानमा साथ गर्नुहुने सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सुन बहादुर तामाङले धन्यवाद दिनु भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...