News Portal

लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली चयन

हिमाली संचार डटकम
५१९ पटक
कमल सिंह ठकुरी

कुवेत, १९ मे : कुवेतको नेपाली सामाजिक सस्था “लुम्बिनी समाज नेपाल कुवेत”को कार्यबाहक अध्यक्षको जिम्मेवारी समाजका बरिस्ठ उपाध्यक्ष रमेश नेपालीलाई दिइएको छ। गएको शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको समाजका पदाधिकारी र संरक्षक तथा सल्लाहकारसहितको आकस्मिक बैठकले उक्त निर्णय गरेको महासचिव नेत्र पेमी मगरले जानकारी दिए।

अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा तानिएपछि नेपालीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको समाजले बताएको छ।

शुक्रबार बसेको बैठकले अध्यक्ष हमाललाई छिटो भन्दा छिटो सो अभियानमा उठेको रकम पारदर्शी रुपमा हस्तान्तरण गरेर भागिरथ चापागाइलाई स्वदेश फर्काउन मद्दत गर्न दबाब दिइएको समाजले बताएको छ।

संस्थाका गतिविधि नियमित संचालन गर्न असहजता देखिएपछि समाजका पदाधिकारी र संरक्षक तथा सल्लाहकारसहितको बैठकले उक्त कदम चालेको बताइएको छ।

यता समाजका अध्यक्ष हमाल भन्छन् – खराब नियत भएका केही ब्यक्तिहरुले सामाजिक संजालमा भ्रमपुर्ण हल्ला फैलाएर आफुलाई बदनाम गराउने खेलमा सक्रिय भएको बताएका छन।

एक हुल मान्छेहरुको जच्थाले आफ्नो स्वार्थ पुर्तिका लागि मेरो बदनाम गर्न सक्रिय रूपमा लागेको बताए। समाजमा जो यस्ता मान्छेहरु छन, आफुले पनि सहयोग गर्दैनन् मैले गरेको कामको डाहा लागेर मेरो खुट्टा तान्न लागिपरिरहेका छन अध्यक्ष हमालले भने।

आफू भागिरथ चापागाईंकै लागि खटिएको त्यस्ता ब्यक्तिहरुले नबुझेको बताए। कार्यब्यस्तताका बाबजुद पनि उहाको सहयोगका लागी मरिमेटी सहयोगमा जुटेको हु। भागिरथ दाजुलाइ स्वदेश फर्काउनकै लागि अभियान संचालनमा ल्याएको उनले भने। केही ब्यक्तिहरुले पैसा नेपालमा पठाईदिन भनेपनी हामी ब्यक्तिलाई सो रकम दिदैनौ। उहाँको स्वदेश फिर्तीको सकेसम्म चाडै फर्काउने कोशिशमा छौ।

यस बिषयमा हामीले नेपाली दूतावासका तृतीय सचीव मनोजकुमार सिंह सग बुझ्न खोज्दा सम्पर्क हुनसकिरहेको छैन। सचीव सिंह सग म्यासेन्जर कल र म्यासेज मार्फत जोडिन खोजेका थियौ तर उहाको कार्यब्यस्तताले होला जवाफ दिनु भएको छैन। यसै समाचार मार्फत हामी दूतावासका कर्मचारीहरुलाई नेपाली समाज प्रती उत्तरदायी बन्न आग्रह समेत गर्दछौ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...