News Portal

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम स्थगित

हिमाली संचार संवाददाता
४६२ पटक

कुवेत, १७ मे : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका हुन ।

वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम गर्ने भनिएको ३१ मे को दिन इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजान नसकिने तथा कार्यक्रम हलमा दिउँसोको कार्यक्रम गर्न असहज भएकोले तत्कालको लागि कार्यक्रम स्थगित गरिए पनि छिट्टै अर्को सूचना जारी गरि वार्षिक उत्सव र साहित्य वाचन कार्यक्रम बारे जानकारी गराउने कार्यक्रम संयोजक तिम्सिनाले बताए ।

यस अघि अनेसास कुवेत च्याप्टरले कुवेतको जलिब स्थित पपिन्स हलमा ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरले अनुरोध समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...