News Portal

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम स्थगित

हिमाली संचार संवाददाता
५०४ पटक

कुवेत, १७ मे : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले जानकारी दिएका हुन ।

वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम गर्ने भनिएको ३१ मे को दिन इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजान नसकिने तथा कार्यक्रम हलमा दिउँसोको कार्यक्रम गर्न असहज भएकोले तत्कालको लागि कार्यक्रम स्थगित गरिए पनि छिट्टै अर्को सूचना जारी गरि वार्षिक उत्सव र साहित्य वाचन कार्यक्रम बारे जानकारी गराउने कार्यक्रम संयोजक तिम्सिनाले बताए ।

यस अघि अनेसास कुवेत च्याप्टरले कुवेतको जलिब स्थित पपिन्स हलमा ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरले अनुरोध समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...