News Portal

नेपाललाई अन्तर्राष्ट्रिय कराँतेमा ५ स्वर्णसहित ८ पदक

हिमाली संचार संवाददाता
५२७ पटक

वैशाख २४, बुटवल : मलेसियामा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जितेका छन् । विजेताहरु सबै रुपन्देहीका हुन् ।
इन्द्रमुलिया स्टेडियममा नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीहरुले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए ।

स्वर्ण पदक विजेताहरुमा ईश्वर विक, युजिन गुरुङ, समुद्र सिंह राना, सविन श्रेष्ठ र कमल चौधरी रहेको नेपाल रेन्बुकाई करांते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशमलाल लामा तामाङले जानकारी दिए । यस्तै संगम नेपालीले एउटा रजत र हिरादेवी राईले काता तथा कुमितेमा गरी दुईवटा रजत पटक जितेका छन् ।

विजयी खेलाडिलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब इन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरेका थिए । भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, लगायत १६ राष्ट्रका करीब १ हजार बढी खेलाडी सहभागी थिए ।

नेपाली खेलाडीहरुले आफ्नै मेहनतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गर्नु गौरवको विषय भएको संघका प्रशिक्षक कमरुदिन अलीले बताए ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...