News Portal

  • कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा घाईते भएकाहरुलाई ईनसेक सुर्खेतद्वारा सहयोग प्रदान

    हिमाली संचार संवाददाता
    ४८३ पटक

    सुर्खेत, २४ वैशाख : अनौपचारिक क्षेत्र सेवा केन्द्र ईनसेक सुर्खेतले आन्दोलनका घाईतेहरुलाई यातायात तथा समन्वयात्मक खर्च प्रदान गरेको छ । सोमबार कार्यालयले कर्णाली प्रदेश प्राप्तिका लागि सुर्खेतमा भएको आन्दोलनका क्रममा घाईते भएका ३ जनालाई १०/१० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

    आन्दोलनका क्रमा गोली लागेर घाईते भएका अनिष पन्त, नरबहादुर पुरी र रामबहादुर श्रेष्ठलाई नगद सहयोग गरेको हो । आन्दोलनका क्रममा गोली लागेका उनीहरुले हवाईजहाज चार्टर गरेर उपचारका लागि काठमाडौं गएका थिए । त्यसक्रममा लागेको खर्च सरकारबाट उनीहरुले पाएका छैनन् ।

    यातायात खर्च पाउन बारम्बार काठमाडौं जाँदा थप खर्च हुने गरेकोले उनीहरुलाई सहयोगस्वरुप यातायात तथा समन्वयात्म खर्चका रुपमा रकम प्रदान गरिएको ईनसेक सुर्खेतका संयोजक नारायण सुवेदीले बताए । ‘आफ्नो अधिकारका लागि खर्च गरिरहेकाहरुलाई हामीले पनि आफ्नो तर्फबाट सहयोग गरेका छौँ ।’ सुवेदीले भने ।

    २०७२ साउन २५ गते प्रहरीको गोली लागेको अनिष, नरबहादुर र रामबहादुरले आफूले उपचार गराउन जाँदा लागेको खर्च माग गर्दै बारम्बार काठमाडौं जाँदा पनि नपाएपछि ईनसेक सुर्खेतमा २०७५ माघ १८ गते समन्वय गरिदिन भन्दै निवेदन दिएका थिए ।

    निवदेनका आधारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ईन्सेकले पहल गरिदिन आग्रह गरेको थियो। अझसम्म पनि उनीहरुले पाउनुपर्ने यातायात खर्च पाउन नसकेकाले ईनसेकका तर्फबाट यातायात खर्चस्वरुप सहयोग गरेको सुवेदीले बताए । उनीहरुको यातायात खर्च उपलब्ध गराउन ईनसेकले पहल गरिरहेको उनले जानकारी दिएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...