News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बाँकेमा महिला–पुरुषबिच “मितेरी” सम्बन्ध !

    हिमाली संचार संवाददाता
    ४९३ पटक

    बाँके, २२ बैशाख : करिब १० बर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि “मित–मितिनी”को नाता लगाउँदै पारिवारिकरुपमा जोडिएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिकरुपमा मितेरी लगाएका छन् । थर र लिंग फरक भए पनि एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन सम्वाद गरिरहने क्रममा नजिक बनेका गिरी र चौधरीले लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिए । उनीहरुले भने, ‘सामाजिक विभेदका विरुद्धमा हामीले औपचारिकरुपमै मितेरी लगाएका छौं ।

    रेडियोका कार्यक्रममा हुने फोन सम्वादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उहाँहरु दुई परिवारलाई एउटा परिवारमा बाँधिदिएको छ । गिरी भन्छन्, ‘हामी १० बर्षदेखि एउटा परिवारजस्तै भएका छौं । विभिन्न कारणले औपचारिकता दिन सकिएको थिएन, हामीले अहिले औपचारिकरुपमै मितेरी लगाएका छौं ।

    नाम मिलेपछि रेडियो सम्वादकै क्रममा फोन नम्बर आदानप्रदान भएपछि आफुहरु पारिवारिकरुपमा पनि नजिकिँदै गएको उनीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हामीले मित र मितिनी भनेर एक अर्कालाई सम्बोधन गर्यो । यो सम्बन्ध पारिवारिकरुपमा पनि निकट भयो । हामीले आफूलाई भाग्यमानी ठानेका छौं ।

    गिरी भन्छन्, ‘रेडियोमा नाम सुने, मेरै नाम रहेछ । मात्रै जात र लिंग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाए । केहीले शंका गरे । मैले त्यो शंकालाई प्रष्ट्याए । हामी दुवैको एक अर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।’ दुई वटा परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।

    ‘हाम्रा सोंचहरु अझै नकारात्मक विकारहरुले भरिएका छन् । हामी अरुलाई राम्रो होइन, शंकाको दृष्टिले हेर्छौ । हाम्रा सोंचहरुकै कारण समाज अझै पनि पछाडि परिरहेको छ,’ चौधरी भन्छिन्, ‘हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।

    चौधरी भन्छिन्, ‘सकारात्मक रुपमा हामी दुई परिवार एक भएका छौं । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिक रुपमा एउटा परिवार भएका छौं । महिला र पुरुषहरुबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो । सामाजिक विभेदको अन्त्य आफैबाट सुरु गर्नुपर्छ ।

    सबैले समान लिंगबीच मितेरी लगाउँछन् । गिरी र चौधरीबीचको मितेरी सम्बन्ध भने नौलो र अनौठो छ । बाँकेका अगुवा पत्रकार जे.पाण्डे भन्छन्, ‘मलाई अनौठो लागिरहेको छ । महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो हुनुपर्छ ।’ रेडियो कार्यक्रमबाट नजिक बन्नुभएका गिरी र चौधरीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ ।

    ‘मैले अहिलेसम्म जजमानी गर्दा पुरुष–पुरुष र महिला–महिलाका बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिए । मलाई आफै पनि अनौठो लागिरहेको छ,’ पण्डित इन्द्रप्रसाद उपाध्यायले भने, ‘मैले आफूलाई पनि भाग्यमानी ठानिरहेको छु । उहाँहरुको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायी बनेको छ । म उहाँहरुलाई शुभकामना दिन्छु ।

    यसरी भयो चिनजान !

    श्याम गिरी उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनी सम्वाद गर्न भ्याइहाल्छन् । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४९ बर्षिय श्याम नेपाल आयल निगम नेपालगन्जमा कार्यरत कर्मचारी छन् ।

    साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो । उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बन्नुहुन्छ र सक्ने सहयोग गर्न तयार हुन्छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनहरुले चलाउने फोन संवाद कार्यक्रमहरुमा उहाँले फोन गरेर अन्तरक्रिया गरिरहन्छन् ।

    नेपालगन्जका प्रायः सबैजसो एफएम स्टेशनका सांगीतिक कार्यक्रमहरुमा फोन सम्वाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाएका छन् । रेडियोमा प्रशारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन सम्वाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनले मितिनीको नाता गाँसे ।

    बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियो मोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रमहरुमा फोन सम्वाद गरिरहन्थिन्। राप्तीसोनारी गाउँपालिका–५, बिनौना निवासी ३० बर्षिया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छन् । पढाईमा स्नातक उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन् ।

    स्नातकसम्मको पढाई पुरा गरेकी श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षित मध्येमा गनिन्छिन् । सामाजिक विभेदविरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन । गाउँमा हुने सामाजिक विभेदविरुद्धका काममा अग्रसर रहने सोंच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्छिन् । श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करिब १९ बर्ष छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...