News Portal

किराया शाखा कतारको ७ औं अधिवेशन भब्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
४३८ पटक

कतार, ४ मे : “भाष, लिपी, धर्म र संकृती हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशन हिजो ३ मई २०१९ को दिन विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो ।

नेपालको विभिन्न क्षेत्रबाट रोजगारको सिलसीलामा यहा रहनु भएका संम्पूर्ण किरात राई दाजुभाई तथा दिदीबहिनीहरुलाई एक बनाई सुख दुख साटासाट गर्दै आफ्नो मौलिक संकृती संरक्षकक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले वि.सं.२०६० सालमा स्थापित किरात राई यायोक्खा शाखाको सातौ अधिवेशन अध्यक्ष एकराज राईको सभापतित्व तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव कुमार भूजेलको प्रमुख आतिथ्यमा र महासंघ कताारका सल्लाहकारहरु, महासंघ कतारमा आबद्द सम्पूर्ण मातृ सस्थाहरु, प्रभुद्ध व्यक्तित्वहरु, विभिन्न ब्यावसायी तथा समाजसेवी, वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु लगाएत दोहा कतारमा कार्यरत किरात राई तथा गैर किरात राईहरुको बाक्लो सहभागितामा कतार स्थित सनैयाको बैशाखी रेष्टुरेण्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशनले नव निर्वाचित अध्यक्ष विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै बरिष्ठ उपाध्यक्षमा लोक बहादुर राई, प्रथम उपाध्यक्षमा ननिन्द्र राई, द्धितिय उपाध्यक्षमा सिता राई, महासचिवमा शंकरमान राई, सचिवमा श्याम वान्तावा राई, कोषाध्यक्षमा गजेन्द्र राई, सह कोषाध्यक्षमा ज्ञानु राई, सांस्किृतिक संयोजकमा राजकुमार राई, महिला संयोजकमा निर्मला राई त्यसैगरि सदस्यहरु कल्पना राई, शुक्र कुमार राई, हर्क वालिङ राई , प्रेम राई, हरि चन्द्र राई, पुर्ण बहाुर राई, ईन्दिरा राई, जीवन राई, रमेश राई, सरिता राई, दिल कुमार राई र धन कुमार राईको २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको यायोक्खा शाखा कतारका महासचिव शंकरमान राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...