News Portal

किराया शाखा कतारको ७ औं अधिवेशन भब्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
४७६ पटक

कतार, ४ मे : “भाष, लिपी, धर्म र संकृती हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशन हिजो ३ मई २०१९ को दिन विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो ।

नेपालको विभिन्न क्षेत्रबाट रोजगारको सिलसीलामा यहा रहनु भएका संम्पूर्ण किरात राई दाजुभाई तथा दिदीबहिनीहरुलाई एक बनाई सुख दुख साटासाट गर्दै आफ्नो मौलिक संकृती संरक्षकक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले वि.सं.२०६० सालमा स्थापित किरात राई यायोक्खा शाखाको सातौ अधिवेशन अध्यक्ष एकराज राईको सभापतित्व तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव कुमार भूजेलको प्रमुख आतिथ्यमा र महासंघ कताारका सल्लाहकारहरु, महासंघ कतारमा आबद्द सम्पूर्ण मातृ सस्थाहरु, प्रभुद्ध व्यक्तित्वहरु, विभिन्न ब्यावसायी तथा समाजसेवी, वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु लगाएत दोहा कतारमा कार्यरत किरात राई तथा गैर किरात राईहरुको बाक्लो सहभागितामा कतार स्थित सनैयाको बैशाखी रेष्टुरेण्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशनले नव निर्वाचित अध्यक्ष विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै बरिष्ठ उपाध्यक्षमा लोक बहादुर राई, प्रथम उपाध्यक्षमा ननिन्द्र राई, द्धितिय उपाध्यक्षमा सिता राई, महासचिवमा शंकरमान राई, सचिवमा श्याम वान्तावा राई, कोषाध्यक्षमा गजेन्द्र राई, सह कोषाध्यक्षमा ज्ञानु राई, सांस्किृतिक संयोजकमा राजकुमार राई, महिला संयोजकमा निर्मला राई त्यसैगरि सदस्यहरु कल्पना राई, शुक्र कुमार राई, हर्क वालिङ राई , प्रेम राई, हरि चन्द्र राई, पुर्ण बहाुर राई, ईन्दिरा राई, जीवन राई, रमेश राई, सरिता राई, दिल कुमार राई र धन कुमार राईको २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको यायोक्खा शाखा कतारका महासचिव शंकरमान राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...