News Portal

गर्मी याम सुरु संगै तर्भुजाकाे बिक्री बढयाे

हिमाली संचार संवाददाता
४९८ पटक

रबिन्द्र बराल
बैशाख १७ मोरङ : तराई क्षेत्रमा चैत्र महिनादेखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समयानुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा सितलताकाे अनुभुती कम गर्नका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने तर्भुजा खेती हुने गरेको छ । अहिले माेरङकाे रंगेली, दाेमहाना, कर्सिया, बिराटनगर, ईटहरी लगायतका हाटबजारमा खर्भुजाकाे बिक्री बडिहुने गरेको पाईएकाे छ ।

रंगेली नगरपालिका ४ स्थित बक्राखाेलाकाे किनारमा अहिले खर्भुजा लटरम्म फेलेकाे देख्न सकिन्छ । साेहि स्थान बस्ने ४५ बर्षका माेदी मंन्डलले बिगत २५ बर्ष देखि खाेलाकाे बगरमा बर्षेनि तर्भुजा खेति गरेर ६ महिनाकाे अवधिमा २ लाख रुपैयाँ सम्मकाे खर्भुजा बिक्रीवितरण गरेर अाम्दानी लिने गरेका छन । उनले बक्रा खाेलाकाे बगरमा १५ ठेक्का खेत भाडामा लिएर तर्भुजा खेती गरेका छन ।

मंसिर महिनामा राेपेर जेठ महिनामा उक्त तर्भुज बिक्रीवितरण गर्ने गर्दछन । २ हजार देखि ५ हजार रुपैयाँ सम्म वलाैटाे खाेलाकाे घार ठेक्का लिएर खर्भुजा खेति गर्ने गरेका छन । एक बिघा खेतमा डेढ किलाे खर्भुजाकाे बीउ लाग्ने गरेकाे र उक्त बीउकाे भारतीय बजार मूल्य प्रति केजि २५ हजार रुपैयाँ भारु पर्ने गरेको समेत बताए ।

साे तर्भुजा खेती बालु खेतीमा मात्रै हुने भएकोले यसमा अत्यधिक मात्रामा मेहनत लाग्ने गरेकाे र लगानी समेत बढि लाग्ने गरेको छितन मंन्डलले बताए । कृषक हरुले एक बिघामा युरिया १५ बाेरा, डिएपि १० बाेरा र गाईकाे गाेवर समेेेत उक्त खेतमा अावश्यक पर्ने गरेको छ भने एक बिघामा डेढ लाख रुपैयाँ सम्म खर्च हुने हुने गरेको भेपेेन मंंन्डलले बताए ।

साे खर्भुजाकाे एक बिरुवामा तिन वटा सम्म फल्ने गरेको अनुभव कृषकहरुले बताउन सुनाए । बिगत बर्ष भन्दा यस बर्ष गर्मी कम भएको हुनाले बिक्री समेत कम भएको कृषकहरु बताउँछन् । अहिले उनले एउटा तर्भुजा ब्यापारीहारुलाई प्रति केजी १५ रुपैयाँका दरले बिक्री गर्ने गरेका छन भने ब्यापारीहरुले बजारमा प्रति केजी ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्ममा बिक्रीवितरण गर्ने गरेका छन ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...