News Portal

  • गर्मी याम सुरु संगै तर्भुजाकाे बिक्री बढयाे

    हिमाली संचार संवाददाता
    ४४४ पटक

    रबिन्द्र बराल
    बैशाख १७ मोरङ : तराई क्षेत्रमा चैत्र महिनादेखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समयानुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा सितलताकाे अनुभुती कम गर्नका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने तर्भुजा खेती हुने गरेको छ । अहिले माेरङकाे रंगेली, दाेमहाना, कर्सिया, बिराटनगर, ईटहरी लगायतका हाटबजारमा खर्भुजाकाे बिक्री बडिहुने गरेको पाईएकाे छ ।

    रंगेली नगरपालिका ४ स्थित बक्राखाेलाकाे किनारमा अहिले खर्भुजा लटरम्म फेलेकाे देख्न सकिन्छ । साेहि स्थान बस्ने ४५ बर्षका माेदी मंन्डलले बिगत २५ बर्ष देखि खाेलाकाे बगरमा बर्षेनि तर्भुजा खेति गरेर ६ महिनाकाे अवधिमा २ लाख रुपैयाँ सम्मकाे खर्भुजा बिक्रीवितरण गरेर अाम्दानी लिने गरेका छन । उनले बक्रा खाेलाकाे बगरमा १५ ठेक्का खेत भाडामा लिएर तर्भुजा खेती गरेका छन ।

    मंसिर महिनामा राेपेर जेठ महिनामा उक्त तर्भुज बिक्रीवितरण गर्ने गर्दछन । २ हजार देखि ५ हजार रुपैयाँ सम्म वलाैटाे खाेलाकाे घार ठेक्का लिएर खर्भुजा खेति गर्ने गरेका छन । एक बिघा खेतमा डेढ किलाे खर्भुजाकाे बीउ लाग्ने गरेकाे र उक्त बीउकाे भारतीय बजार मूल्य प्रति केजि २५ हजार रुपैयाँ भारु पर्ने गरेको समेत बताए ।

    साे तर्भुजा खेती बालु खेतीमा मात्रै हुने भएकोले यसमा अत्यधिक मात्रामा मेहनत लाग्ने गरेकाे र लगानी समेत बढि लाग्ने गरेको छितन मंन्डलले बताए । कृषक हरुले एक बिघामा युरिया १५ बाेरा, डिएपि १० बाेरा र गाईकाे गाेवर समेेेत उक्त खेतमा अावश्यक पर्ने गरेको छ भने एक बिघामा डेढ लाख रुपैयाँ सम्म खर्च हुने हुने गरेको भेपेेन मंंन्डलले बताए ।

    साे खर्भुजाकाे एक बिरुवामा तिन वटा सम्म फल्ने गरेको अनुभव कृषकहरुले बताउन सुनाए । बिगत बर्ष भन्दा यस बर्ष गर्मी कम भएको हुनाले बिक्री समेत कम भएको कृषकहरु बताउँछन् । अहिले उनले एउटा तर्भुजा ब्यापारीहारुलाई प्रति केजी १५ रुपैयाँका दरले बिक्री गर्ने गरेका छन भने ब्यापारीहरुले बजारमा प्रति केजी ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्ममा बिक्रीवितरण गर्ने गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...