News Portal

एनआरएन यूएईका अध्यक्ष श्रेष्ठ पक्राउ

हिमाली संचार संवाददाता
४४१ पटक

उमाकान्त पाण्डे
यूएई, २७ अप्रील : गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ । शुक्रबार बरदुवईमा धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नुको कारणबारे अहिलेसम्म नखुले पनि पक्राउ परे लगत्तै उज्यालोसँग भएको सम्पर्कमा श्रेष्ठले आफूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।

यूएईको स्थानीय समय अनुसार शुक्रबार साँझ साँढे ६ बजे फेसबूक म्यासेन्जरमार्फत सम्पर्कमा आएका श्रेष्ठले भन्नुभयो ‘कसैले मेरोविरुद्धमा उजुरी दिएको रहेछ । म प्रहरीको नियन्त्रणमा छु । सोधपुछ भइरहेको छ । अरु कुरा पछि जानकारी गराउनेछु । त्यसपछि भने उहाँ सम्पर्कमा हुनुहुन्न ।

कार्यक्रमका सहभागीले भने अध्यक्ष श्रेष्ठ पक्राउ परेको बिषयमा बोल्न चाहेनन । कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले पनि श्रेष्ठ पक्राउ परेको बारे शनिबार विहान मात्रै आफूले जानकारी पाएको बताउनुभयो ।

धुर्मुस–सुन्तली साँझ कार्यक्रम चलिरहेका बेला श्रेष्ठ कसैले बोलाएपछि बाहिरिनु भएको थियो । त्यसपछि श्रेष्ठ नफर्किएको उहाँको भनाइ छ । श्रेष्ठ लामोसमय सम्म नफर्किएकाले टेलिफोन गरेको तर सम्पर्क नभएको घिमिरेले बताउनुभयो ।

श्रेष्ठ पक्राउ परेपछि झापाका शंकर श्रेष्ठले अध्यक्ष रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको बताउनुभएको छ । आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध आफूले केही समयअघि दुबई र अजमानमा मुद्दा दायर गरेको श्रेष्ठले बताउनुभयो । आफूलाई दिनुपर्ने ६० हजार दिर्हाम नदिएकाले रमेश विरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । हालै युएईमा एनआरएनलाई नेपाल एसोशिएसनको रुपमा दर्ता गरेका रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद थियो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...