News Portal

  • कर्मचारी भर्नामा सेटिङ : २ दिन मात्र म्याद भएको बिज्ञापन

    हिमाली संचार संवाददाता
    ३३० पटक
    सुशील सिंह

    जाजरकोट, ८ बैशाख : जाजरकोटको कुशे गाउँपालिकामा कर्मचारी भर्नामा अनियमिता भैरहेको समाचार आइरहदाँ फेरी पनी मनोमानी ढंगले कर्मचारी भर्ना गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नं. २ मा रहेको श्री मान्ने ढुङ्गा माध्यामिक बिद्यालयमा कर्मचारी भर्नामा अनियमित्ता भएको हो ।

    कम्पयूटर शिक्षकको (आन्तरिक स्रोतबाट) पद पुर्तिमा अनियमिता भएको छ । प्रक्रिया बिना नै मनोमानी ढंगले योग्यता नपुगेका बिषय बिशेषज्ञ राखेर कर्मचारी भर्ना गरिएको छ । जम्मा २ दिनको म्याद राखेर बिज्ञापन निकाली आसेपासेलाई कर्मचारी भर्ना गरिएको परिक्षार्थी निर्मला सिंहले बताईन । उनले भनिन्, “२७ गते बिज्ञापन प्रकासित गरी २८ गते (एक दिन)को मात्र अन्तिम मिति राखिएको थियो,” निजि स्रोत बाट होस या राहात कुनैपनी कर्मचारी भर्ना गर्दा १५ दिनको म्याद राखी बिज्ञापन प्रकाशित गर्नुपर्ने हुन्छ । तर मान्ने ढुङ्गा मा. बि.मा भने जम्मा २ दिनको म्याद राखेर बिज्ञापन निकालेर पनी कर्मचारी भर्ना पनी गरीसकेको छ ।

    तर उता बि.ब्य.स अध्यक्ष धनमाया शाहीले सबै प्रक्रिया पु¥याएर कर्मचारी भर्ना गरीएको बताईन । उनले भनिन्,“म सोयम त्यही बसेर सबै प्रक्रिया पुरा गरेर कर्मचारी भर्ना गरेका हौँ ”। यस्तै उक्त बिद्यालयका नि.प्र.दिपक राज बस्नेतले २२ गते नै एक हप्ताको म्याद राखी बिज्ञापन प्रकासित गरेको दाबी गरेका छन् । प्रधानाध्यापक सुरेन्द्र सिंहले पनी सबै प्रक्रिया पुरा गरेको बताए ।

    हातमा डकुमेन्ट छैन, तर बिषय बिशेषज्ञ !

    कर्मचारी भर्ना गर्दा सम्बन्धित बिषयको बिषय बिशेषज्ञ राखी परिक्षा लिएर कर्मचारी नियुक्ति गर्नु पर्ने प्राबधान हुन्छ । सोही अनुरुप मान्ने ढुङ्गा मा. बि मा पनी बिषय बिशेषज्ञ राख्नु पर्ने भयो । तर यता बिषय बिशेषज्ञ भने योग्यता नै नपुगेको मान्छेलाई राखिएको छ ।

    स्थानिय बिजयराज सिंहलाई बिषय बिशेषज्ञ राखी परिक्षा लिएर कर्मचारी भर्ना गरिएको छ । बि.ब्य.स. अध्यक्ष धनमाया शाहीले डकुमेन्ट पछी ल्याउछु भनेपछी हामीले बिषय बिशेषज्ञ भनी राखेको बताइन् । तर बिजय राज सिंह संग कम्प्यूटर अध्ययन गरेको कुनैपनी डकुमेन्ट छैन ।

    आफुलाई जानकारी नभएको बिद्यालय निरिक्षक गिरिको भनाई

    यता कुशे गाउँपालिका बिद्यालय निरिक्षक मान बहादुर गिरिले यस बिषयमा आफुलाई जानकारी नभएको बताए । उनले भने,“एक दिन म संग कुरा भएको थियो, मैले सबै प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न भनेको थिए, त्यसपछी म संग कुनै पनी कुरा भएन र जानकारी पनी भएन” । तर यसरी अनियमित रुपमा कर्मचारी भर्ना गर्न नहुने उनले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...