News Portal

कर्मचारी भर्नामा सेटिङ : २ दिन मात्र म्याद भएको बिज्ञापन

हिमाली संचार संवाददाता
३६७ पटक
सुशील सिंह

जाजरकोट, ८ बैशाख : जाजरकोटको कुशे गाउँपालिकामा कर्मचारी भर्नामा अनियमिता भैरहेको समाचार आइरहदाँ फेरी पनी मनोमानी ढंगले कर्मचारी भर्ना गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नं. २ मा रहेको श्री मान्ने ढुङ्गा माध्यामिक बिद्यालयमा कर्मचारी भर्नामा अनियमित्ता भएको हो ।

कम्पयूटर शिक्षकको (आन्तरिक स्रोतबाट) पद पुर्तिमा अनियमिता भएको छ । प्रक्रिया बिना नै मनोमानी ढंगले योग्यता नपुगेका बिषय बिशेषज्ञ राखेर कर्मचारी भर्ना गरिएको छ । जम्मा २ दिनको म्याद राखेर बिज्ञापन निकाली आसेपासेलाई कर्मचारी भर्ना गरिएको परिक्षार्थी निर्मला सिंहले बताईन । उनले भनिन्, “२७ गते बिज्ञापन प्रकासित गरी २८ गते (एक दिन)को मात्र अन्तिम मिति राखिएको थियो,” निजि स्रोत बाट होस या राहात कुनैपनी कर्मचारी भर्ना गर्दा १५ दिनको म्याद राखी बिज्ञापन प्रकाशित गर्नुपर्ने हुन्छ । तर मान्ने ढुङ्गा मा. बि.मा भने जम्मा २ दिनको म्याद राखेर बिज्ञापन निकालेर पनी कर्मचारी भर्ना पनी गरीसकेको छ ।

तर उता बि.ब्य.स अध्यक्ष धनमाया शाहीले सबै प्रक्रिया पु¥याएर कर्मचारी भर्ना गरीएको बताईन । उनले भनिन्,“म सोयम त्यही बसेर सबै प्रक्रिया पुरा गरेर कर्मचारी भर्ना गरेका हौँ ”। यस्तै उक्त बिद्यालयका नि.प्र.दिपक राज बस्नेतले २२ गते नै एक हप्ताको म्याद राखी बिज्ञापन प्रकासित गरेको दाबी गरेका छन् । प्रधानाध्यापक सुरेन्द्र सिंहले पनी सबै प्रक्रिया पुरा गरेको बताए ।

हातमा डकुमेन्ट छैन, तर बिषय बिशेषज्ञ !

कर्मचारी भर्ना गर्दा सम्बन्धित बिषयको बिषय बिशेषज्ञ राखी परिक्षा लिएर कर्मचारी नियुक्ति गर्नु पर्ने प्राबधान हुन्छ । सोही अनुरुप मान्ने ढुङ्गा मा. बि मा पनी बिषय बिशेषज्ञ राख्नु पर्ने भयो । तर यता बिषय बिशेषज्ञ भने योग्यता नै नपुगेको मान्छेलाई राखिएको छ ।

स्थानिय बिजयराज सिंहलाई बिषय बिशेषज्ञ राखी परिक्षा लिएर कर्मचारी भर्ना गरिएको छ । बि.ब्य.स. अध्यक्ष धनमाया शाहीले डकुमेन्ट पछी ल्याउछु भनेपछी हामीले बिषय बिशेषज्ञ भनी राखेको बताइन् । तर बिजय राज सिंह संग कम्प्यूटर अध्ययन गरेको कुनैपनी डकुमेन्ट छैन ।

आफुलाई जानकारी नभएको बिद्यालय निरिक्षक गिरिको भनाई

यता कुशे गाउँपालिका बिद्यालय निरिक्षक मान बहादुर गिरिले यस बिषयमा आफुलाई जानकारी नभएको बताए । उनले भने,“एक दिन म संग कुरा भएको थियो, मैले सबै प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न भनेको थिए, त्यसपछी म संग कुनै पनी कुरा भएन र जानकारी पनी भएन” । तर यसरी अनियमित रुपमा कर्मचारी भर्ना गर्न नहुने उनले बताए ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...