News Portal

सुर्खेतको सिम्तामा किसानलाई मुर्रा जातको भैसि वितरण

हिमाली संचार संवाददाता
६०९ पटक

दुर्गा बिसि
सुर्खेतको सिम्ता गाउँपालिकाले किसानहरुलाई भैसि वितरण गरेको छ । प्रदेश सरकारको क्षेत्र विकास कोषको ५० लाख, गाउँपालिकाको ५ लाख र बँकी प्रती किसान भैसिको विमा सहित ३३ हजार प्रति किसानले व्यहोर्ने गरि ५० वटा भैसि वितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा १२ वटा भैसि १२ जना किसानलाई वितरण गरिएको छ ।

सिम्ताको भुवनोटमा सुहाँदो तथा उक्त वातावरण हुर्कने जातको १ लाख १० हजार पर्ने मुर्रा भैसि किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले वताउनु भएको छ । सिम्ता गाउँपालिकाको राकम, काप्रिचौर, आली, कालीखोला र बाँखर्क लगायतका कृर्षि पकेट क्षेत्रका किसानलाई भैसि वितरण गर्ने योजना अनुसारको काम भएको जनाएको छ ।

किसानलाई आत्मर्नीभर र उत्पादनमुखि वनाउनका लागि वढ्दो दुधको वजारीकरणलाई यसले थप सहयोग गर्ने लक्ष्य रहेको छ । करिव १ करोड वजेटमा सिम्ताका किसानलाई भैसि वितरण गर्ने गाउँपालिकाको लक्ष्य अनुरुप काम सुरु भएको जनाएको छ । भैसि ३ वर्ष सम्म किसानले विक्रिवितरण गर्न पाउने छैनन् । एकै चरणमा सवै काम नसकिने भएकाले किसानलाई भैसि वितरण कार्यक्रम जेष्ट १५ गते सम्म जारि रहने जनाएको छ।

भैसि वितरणको लागि तामाचुली बहुउदेश्य सहकार संस्था मार्फत गाउँपालिकाले काम अघि वढाएको छ । साथै भैसिको लागि गोठ र खोर सुधार लगाएत किसानको ३३ हजारबाट नै काम हुने तामाचुली सहकारि संस्थाका प्रतिनीधी चन्द्र थापाले जानकारि दिनु भएको छ । पसु स्वास्थ्य चिकित्सकको सिफारिसमा उक्त मुर्रा जातका पहाडी भेकमा हुर्कन सक्ने भैसि ल्याई किसानलाई वितरण गरिएको छ ।

उक्त सहकारि मार्फत नै गाउँपालिकाले डेरि सञ्चालन गर्ने जनाएको छ । १ लाख १० हजार मुल्य पर्ने मुर्राजातको भैसि पाएपछि किसान खुसी वनेका छन् । जनतासँग सिम्ता गाउँपालिकाको मुख्य उदेश्य र लक्ष्य अनुुरुप यसो गरिएको अध्यक्ष के.सी.को भनाई छ ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...