News Portal

  • मोरङको रंगेली मुख्य वजार भत्काईदै

    हिमाली संचार संवाददाता
    ३४२ पटक
    रबिन्द्र बराल, मोरङ

    बैशाख ७ शनिबार : नेपाल सरकारले सिहदरवारकाे अधिकार स्थानीयलाई हस्तान्तरण गरेपछि पछिल्लो समयमा रंगेलीकाे बिकासमा नगरपालिकाले रंग उडेकाे रंगेलीलाई रंग भर्न सुरु गरेको छ ।

    रंगेली वजारकाे मुख्य हुलाकी राजमार्ग सडक बिस्तार हुने भएपछि स्थानीय खुशी भएका छन । हुलाकी राजमार्ग निर्देशनालयले सडक बिस्तारका लागि रंगेली नगरपालिकाकाे सिमाक्षेत्र भित्र रहेको संरचनाहरु हटाउन पत्राचार गरेपछि रंगेली वजार भत्कने भएको हाे।

    डिभिजन सडक कार्यलय बिराटनगरले गत बर्ष नै सडक ऐन वमाेजिम सडक सिमा निर्धारण गरि बिराटनगर रंगेली उर्लाबारी क्षेत्र लाई साहयक मार्गकाे रुपमा सडक लाई फराकिलो पार्न १५/१५ मिटर र ६/६ मिटर सेड व्याक निर्माण गर्ने ताेके पछि नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले शुक्रबार अाफ्नाे क्षेत्रमा पर्ने ४.९ किलोमिटर सडककाे काेल्डस्टाेर देखि मधुवनी चाेक सम्मकाे दायाँबायाँमा रहेका घरहरुमा चिन्ह लागउने काम सुरु गरेको छ ।

    साेहि क्रममा चिन्ह लगाए पछि घर धनिहरुलाई घर टहरा हटाउन परिपत्र समेत गरेको छ । मंङगल चन्द अग्रवाल र तेजपाल साह, शिवु शर्मा, गरि ५ जनाले नगरपालिकाले घरटहरा हटाउन दिएकाे परिपत्र नबुझेपछि वडाध्यक्ष, सदस्य, बुद्धिजीवी, ब्यापारी, युवाहरु गरि पाच जनाकाे मुचुल्का गरेर उक्त घरमा सुचना समेत टाँस गरिएको थियोे ।

    मेची काे बिच भागमा पर्ने ठाउँ भएको हुनाले बिक्रम सम्बत १९४५ माेरङकाे सदरमुकाम रंगेली कायम गरिएको थियोे । त्यसबेला देखि रंगेली चर्चामा अाएकाे भएता पनि सदरमुकाम हुनु अघि बिक्रम सम्वत १९७२ देखि रंगेली सामान्य बजार र खरिदबिक्रीकाे केन्द्र बनेको थियो । बिक्रम सम्वत १९४६ सालमा प्रधानमन्त्री विरशमशेरले सरदार कालिदास काेईराला लाई प्रथम वडाहाकिमकाे रुपमा रंगेली पठाउदा रंगेलीकाे बिकासकाे थालनी भएको जानकारहरु बताउँछन् ।

    बिक्रम सम्वत १९४७ मा रंगेली अस्पताल स्थापना गरियाे त्यसैगरी काठ महल, वनजाँच, अमिनि, माल, कचहरी, गाेशवारा, जेल स्थापना भएको थियोे। बिक्रम सम्वत १९७१ सालमा प्रधानमन्त्री चन्द्रशमशेरले रंगेलीबाट सम्पुर्ण सरकारी कार्यलय बिराटनगर सारेपछि रंगेलीकाे रंग समेत उडदै गएकाे थियोे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...